Advertisement
Advertisement
Advertisement
Advertisement

ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या

  |      10:10:00   |  
ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या

माघ २१ काठमाडौं । बिजुवार स् अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गरेको हो। उनीहरू नाताले ज्वाइँ–सासु हुन्। लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन्।

उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए। 

टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या गरेको निष्कर्ष निकालेको छ।

रोजगारीका सिलसिलामा श्रीमान् भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आएकी थिइन्। उनले सुरुमा चिन्तामणिसँग सम्वन्ध अगाडि बढाए। चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो। श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग यौन सम्बन्ध बढाएकी थिइन्, जेदुले।

एक वर्ष अघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन्। दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणीले चुकुल लगाएर थुनेका थिए। त्यही रिसइबिको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले बताए। 

हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिएका थिए। प्रहरीले घटना भएको चौबिस घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरेको छ।

उनीहरूबिचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसइबिका कारण हत्या भएको प्रहरी निष्कर्ष छ। लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकार गरिसकेका छन्। उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement