Advertisement
Advertisement
Advertisement
Advertisement

कुम्भमेलामा भागदौड मच्चियो, केहीको मृत्यु भएको आशंका

  |      10:32:00   |  
कुम्भमेलामा भागदौड मच्चियो, केहीको मृत्यु भएको आशंका

माघ १६, काठमाडौं ।  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड मच्चिएको छ। सञ्चारमाध्यमका अनुसार त्यहाँ कैयौँ घाइते भएका छन् भने केही मानिस हताहत भएको अनुमान गरिएको छ।

मौनी अमावास्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ​‘अमृत स्नान’का वेला मंगलबार राति साढे १ बजेतिर भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ। ​प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा भागदौडको अवस्था निम्तिएको थियो।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्। प्रशासनले भने अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

प्रयागराज मेला प्राधिकरणकी ओएसडी आकांक्षा राणाले पत्रकारसँग कुराकानी गर्दै कतिपय ठाउँमा ब्यारियर फुटेको खबर आएका कारण भागदौडको अवस्था सिर्जना भएको बताइन्। उनले घाइतेहरूको उपचार भइरहेको जानकारी दिए पनि मृतकको संख्याबारे बताइनन्।

घटनापछि सबै अखाडाहरूले मौनी अमावास्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement