पुस २९, काठमाडौ । थानकोट-चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा परि मृत्यु हुनेमा मध्ये २ महिला रहेका छन् ।स्मारिका गौतमको उपचारका क्रममा मृत्यु र घटना स्थलमै ६४ वर्षीया कल्पना तियारीको मृत्यु भएको प्रहरीले बताएको छ । दृघटनामा मृत्यु हुनको संख्या ५ पुगेको छ ।
शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि सेतो पहरा भन्ने स्थानमा काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
एसपी कुमोल ढुंगोलका अनुसार मृतक चार जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।