मंसिर ४, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका– १ स्थित बोक्चेगौँडामा बेवारिसे एक किशोरीको शव फेला परेको छ।
१३ असोजदेखि हराइरहेकी खार्पुनाथ गाउँपालिका– २ थालीकी सुजता रावलको भएको भनेर मुचुल्का भएको हुम्लाका जिल्ला प्रहरी कार्यालयले बताएको छ । शव पहिचान हुन नसक्ने गरी सडेको अवस्थामा फेला परेको छ।