Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रियसभा बैठकअवरुद्ध गर्दै एमालेको प्रश्न : कतै भारतका लागि कन्फर्टेबल यो सरकार दिल्लीबाटै बनेको हो त ?

  |      16:59:00   |  
web image
web image

असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिलाई लिएर तेस्रोपटक राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै सरकार दिल्लीबाटै बनेको त हैन भन्दै प्रश्न गरेको छ ।  शुक्रबार बसेको राष्ट्रिसभा बैठकमा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नेपालको सार्वभौम संसदले प्रधानमन्त्री बनाउने कि दिल्लीलाई खुसी पारेर बनाउने हो भन्दै प्रश्न गरेकी छिन् ।

' उनले गत असार १८ गते भारतीय मुलका नेपाली नागरिक प्रितम सिंहको पुस्तक विमोचनको क्रममा मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली पनि जानुभयो भन्ने प्रचण्डको भनाईको नेपालमा धेरै विरोध भएको बताइन् ।
उनले भनिन्– ‘यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानको शीर झुकेको छ । यो भनाईले हाम्रो सम्मानित संसद र सांसदहरुको अपमान मात्र भएको छैन, संविधानको धारा ५ मा भएको व्यवस्था समेत आकर्षण भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत म सोध्न चाहन्छु, नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको हो । प्रधानमन्त्री सार्वभौम संसदले बनाउने हो कि दिल्लीलाई खुसी बनाएर पाउने हो? कतै भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भीर रुपले नेपाली जनताले उठाइरहेका छन् । हामीले कुनै आग्रह पूर्वाग्रह र कुण्ठाले यो सदन अवरुद्ध गरिरहेका छैनौँ, हामी त नेपालको सार्भभौमिकता र संसदको गरिमालाई रक्षा गर्ने दायित्व निर्वाह गरिरहेका छौँ ।’

उनले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति गम्भीर असहमति जनाइरहेको बताइन् ।

घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उनले आग्रह गरिन् । उनले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति गम्भीर असहमति जनाइरहेको बताइन् ।

घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उनले आग्रह गरिन् । 

रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement