जेठ १५, काठमाडौं । नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको जनाइएको छ । २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२,६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्र समूहबाट सिफारिस भएको जनाइएको छ ।
२०६४ देखि ०७९ को अवधिमा महिला ७ हजार ७५९ जना, आदिवासी जनजाति ६ हजार ७४ जना, मधेसी ४ हजार ९३८ जना, दलित २ हजार ५३ जना, अपाङ्गता भएका १ हजार ५४ जना र पिछडिएको क्षेत्रबाट ८१४ जना लोकसेवाबाट सरकारी सेवाका लागि सिफारिस भएका छन् ।