बैशाख १३, काठमाडौं । गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।
उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ ।
‘घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, उसैलाई बढी असर परेर बित्यो,’ वडा अध्यक्ष शेर्पाले भने । उनका आमा र बुवाको भने जिल्ला अस्पतालमै उपचार जारी छ ।