Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्वराज्यमन्त्री विमला वलीले गरिन् पार्टी त्याग

  |      14:27:00   |  
web image
web image

फागुन १, काठमाडौं । पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्। पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन्। 

 

उनले २४ माघमै माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामापत्र बुझाएको बताइन्। पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी वलीले अन्य पार्टीमा नजाने बताइन्। 

 

‘पार्टीले युज एन्ड थ्रो मात्रै गर्‍यो,’ उनले भनिन्, ‘मलाई अहिले भूमिकाविहीन पनि बनाइएको छ, त्यसैले मैले पार्टीबाट राजीनामा दिएकी हुँ।’

 

उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा विमलालाई पार्टीले टिकट दिएर विजयी भएकी थिइन्। तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाबाट उनी निर्वाचन लडेकी थिइन्। 

 

त्यसपछि यी दुई पार्टीमा विभाजन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन्। उनले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा शंकर पोखरेलको सरकार ढलेर माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भए। त्यतिवेला वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो। सामाजिक सञ्जालमा उनको फोटो भाइरल बनेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्। 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement