Advertisement
Advertisement
Advertisement
Advertisement

उज्बेकिस्तानमा भारतीय औषधि खाँदा १८ बालबालिकाको गयो ज्यान

  |      17:59:00   |  
web imege
web imege

पुष १५, काठमाडौं । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।

मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो।

बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ। उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारितभन्दा बढी थियो।

द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको हो।

भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरू डिसेम्बर २७ देखि उज्बेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेकोू जानकारी दिएको छ।

-९९ बालबालिकाको मृत्युपछि सबै खालका झोल औषधिमाथि प्रतिबन्ध
-द गाम्बिया र इन्डोनेशिया घटनास् नेपालका कफ सिरप कति सुरक्षित

स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेश राज्यको नोएडामा रहेको मेरियन बायोटेकको भौतिक संरचना तथा प्रणाली निरीक्षण गरेको विज्ञप्तिमा जनाइएको छ।

खोकीको औषधिका नमुनाहरू उत्पादन हुने ठाउँबाट लिइएको छ र परीक्षणको लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला, चण्डीगढ पठाइएको छ, थप भनिएको छ।

के भन्छ कम्पनी ?
यस विषयमा टिप्पणीको लागि बीबीसीले गरेको आग्रहमा मेरियन बायोटेकले अझै प्रतिक्रिया दिएको छैन।

मेरियन बायोटेकका एक कार्यकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले लेखेअनुसार कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ।

उनले उत्पादकमाथि सरकारले अनुसन्धान गरिरहेको र सोहीअनुरूप अन्य काम कारबाही अघि बढ्ने बताए ।

मेरियन बायोटेक भारतको राजधानी दिल्लीनजिकै नोएडामा अवस्थित छ। यस कम्पनीको वेबसाइट हाल चलेको छैन।

तर उसको लिङ्क्डइन खातामा उक्त कम्पनी सन् १९९९ मा स्थापना भएको र त्यसले उत्पादन गर्ने औषधिहरू मध्यएशियाली देशहरू, मध्य र ल्याटिन अमेरिका, दक्षिणपूर्वी एशियार अफ्रिकामा परिचित नामू भएको उल्लेख गरिएको छ।

स्रोत -बिबिसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement