web image
साउन २१ , काठमाडौं । भारतमा महिला आरक्षण र सीमांकन सम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयासस्वरूप संसदीय कार्यमन्त्री किरेन रिजिजुले विपक्षी नेता राहुल गान्धीसँग भेटवार्ता गर्नुभएको छ।
करिब ५० मिनेट लामो उक्त भेटमा महिला आरक्षण र निर्वाचन क्षेत्र पुनःनिर्धारणसम्बन्धी प्रस्तावित संवैधानिक संशोधनबारे छलफल भएको थियो। तर, कांग्रेस पार्टी आफ्नो अडानबाट पछि नहट्दा वार्ता निष्कर्षविहीन बनेको बताइएको छ।
संसद्मा जारी गतिरोधबीच भएको यो भेटलाई सहमति खोज्ने प्रयासका रूपमा हेरिए पनि तत्काल कुनै राजनीतिक सहमति हुने संकेत देखिएको छैन। विपक्षी दलहरूले विशेषगरी सीमांकन प्रक्रियासँग जोडिएको महिला आरक्षण विधेयकप्रति असहमति जनाउँदै आएका छन्।
सरकारले प्रस्ताव गरेको विधेयकमार्फत भविष्यमा संसद्मा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य राखिएको छ। तर, त्यसलाई सीमांकनसँग जोडिएको विषयका कारण विवाद थप चर्किएको छ।
Share this with your friends: