Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्वाधार विकास समितिको कार्यप्रति असन्तुष्टि, विद्युत् क्षेत्रमा सुधारको माग

  |      12:49:00   |  
web image
web image
साउन २२ , काठमाडौं । कांग्रेस मुख्य सचेतक बासना थापाले प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। शुक्रबार बसेको समितिको बैठकमा बोल्दै उनले समितिको बैठक अपेक्षाअनुसार बस्न नसकेको भन्दै कार्यक्षमता सुधार गर्न आवश्यक रहेको बताइन्।
उनका अनुसार अन्य समितिहरूले २०–२२ पटकसम्म बैठक गरिसक्दा पूर्वाधार विकास समितिको बैठक भने सात पटक मात्र बस्नु दुःखद् अवस्था हो। समितिअन्तर्गत धेरै मन्त्रालयहरू पर्ने भएकाले समन्वयमा समस्या देखिएको हुन सक्ने उल्लेख गर्दै उनले यसलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिइन्।
थापाले विद्युत् क्षेत्रमा नीतिगत सुधारको खाँचो औंल्याउँदै प्रसारण लाइन निर्माण र विद्युत् विस्तारमा भइरहेको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरिन्। स्थानीय स्तरका कामका लागि समेत केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउँदै उनले अधिकार प्रत्यायोजनमार्फत कामलाई छिटो र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन्।
उनले ३३ केभी र २१ केभी प्रसारण लाइन स्वीकृतिका लागि केन्द्रमै गएर नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीसँग छलफल गर्नुपर्ने वर्तमान व्यवस्थाले काममा अवरोध सिर्जना गरेको बताइन्। साथै, टेन्डर प्रक्रियामा रहेका प्राविधिक त्रुटि र सामग्री आपूर्ति तथा जनशक्ति परिचालनबीचको असमन्वयका कारण पनि विद्युत् क्षेत्रका कामहरू प्रभावित भएको उनको भनाइ छ।
थापाले केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा नीतिगत सुधारमार्फत पूर्वाधार विकासका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement