Advertisement
Advertisement
Advertisement
Advertisement

सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि १३ जना महिला चुनाव लड्दै

  |      14:36:00   |  
सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि १३ जना महिला चुनाव लड्दै

असोज २६, काठमाडौं। ३२ सिटका लागि सुदूरपश्चिममा प्रदेशसभा सदस्यका लागि दुई सय २३ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। त्यसमध्ये महिला उम्मेदवारको संख्या १३ जना रहेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश सभा 'कु' बाट नेकपा एमालेकी कमला कुमारी ओलीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी छन्। 

कैलाली ४ 'ख'मा स्वतन्त्र रूपमा भगवती ओझाले उम्मेदवारी दर्ता गराएकी छन्। 

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी ओझाले प्रत्यक्षतर्फ पार्टीबाट उम्मेदवार हुन नपाएपछि स्वतन्त्र रूपमा आइतबार उम्मेदवारी दर्ता गराएकी हुन्।

नेपाल मजदूर किसान पार्टीबाट कैलाली २ 'ख' मा दीपा विष्ट र कञ्चनपुर १ 'ख' मा भागरथी देवी रावलले टिकट पाएका छन्। 

कञ्चनपुर क्षेत्र नम्बर २ 'क' मा नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरी, बैतडी १ 'ख' मा नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र दार्चुला १ 'ख' बाट नन्दी कामीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

यस्तै, बझाङ प्रदेश सभा 'ख' मा बिपी कांग्रेसबाट निर्मला कुमारी विक, कैलाली २ 'क' बाट नेपाल मजदूर किसान पार्टीबाट लक्ष्मी पुन मगर, कैलाली क्षेत्र नम्बर ३ प्रदेशसभा 'क' बाट नेपाल मजदूर किसान पार्टीबाट रञ्जना कुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, कैलाली क्षेत्र नम्बर ४ प्रदेशसभा 'क' मा मौलिक जरो किलो पार्टीबाट सावित्री गिरी, बैतडी १ प्रदेशसभा 'क' बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णा पन्त, कञ्चनपुर १ प्रदेशसभा 'ख' बाट नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी र कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशसभा 'ख' मा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मीदेवी डंगौरा थारु उम्मेदवार बनेका छन्। 

२०७४ सालमा भएको पहिलो प्रदेश निर्वाचनमा बझाङ 'ख' बाट देवकी मल्ल प्रदेशभरि एक महिलामात्र प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। टिकट नपाइएपछि महिला नेतृहरूले ठूला दलले नै ३३ प्रतिशत अवसर नदिएको प्रतिक्रिया दिएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement