असोज ३, काठमाडौं। समानुपातिक पदको उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट सिफारिस गरिएको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । उनी २०७४ को निर्वाचनमा कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।