Advertisement
Advertisement
Advertisement
Advertisement

फेसबुकमा चिनजान गरि प्रेमिका बनाएर सामूहिक बलात्कार

  |      19:49:00   |  
फेसबुकमा चिनजान गरि प्रेमिका बनाएर सामूहिक बलात्कार

जेठ २३, बाँके । फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी ९मतियार० को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

घटना यसरी सुरु हुन्छ
प्रहरीका अनुसार शनिबार साँझ आफ्नो ‘बर्थ डे’ पार्टी मनाउन भन्दै हेमराजले ती किशोरीलाई बाँके र बर्दियाको बीचमा पर्ने मनाखोला भन्ने स्थानमा बोलाएका थिए । प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेको बताइएको छ ।


मदिरा पिउँदै जाँदा किशोरी लठ्ठ परेपछि प्रेमी चौधरीसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा चढाएर बैजनाथको विपरी भन्ने स्थानमा रहेको विक्रम थारुको गोठमा लगेर उनीहरुले सुताएका थिए । केही बेरपछि होस खुलेकी उनलाई फेरि निराजन र विक्रान्तले बलात्कार गरेका थिए ।

तत्पश्चात अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष किशोरीले बलात्कारबारे बताएपछि तत्कालै तीन जना र क्रमशः अन्यलाई ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । 

स्रोत: रातोपाटी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement