भाद्र १२, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित सडक आन्दोलन गरिरहेको महिला अधिकारकर्मी सावित्री सुवेदीको समुहले मंगलवार सांकेतिक विरोध स्वरुपमा कपाल मुण्डन गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरेर सो समुहले कपाल मुण्डन गरेको छ ।
रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी सावित्री सुवेदी, सन्ध्या विडारी, जितेन्द्र वान्तवा लगायतको समुहले त्यस पछि कपाल मुण्डन गरेका हुन् ।
कपाल मुण्डन गर्नेमा महिला र पुरुष दुवै छन् । अभियन्ता सावित्री लगायतका अभियन्ताहरुले मंगलवार कपाल मुण्डन गरेर बलात्कारीलाई फाँसीको सजाय ब्यवस्था गर्न सरकारसंग माग राखेका छन् । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय नहुँदा सम्म आफुहरुको यस्ता संघर्षका कार्यक्रम जारी राख्ने बताएका छन् ।
यस अघि माइतिघर मण्डलामा पेटिकोट लगाएर प्रदर्शन गरेको सो समूहले मंगलवार कपाल मुण्डन गरेको छ । मुलुकका विभिन्न स्थानमा बालबालिका माथि भइरहेको यौन शोषण, बलात्कार र हत्याका घटना विरुद्ध सावित्री सुवेदी लगायतको समुहले विरोध गर्दै आएको छ । जय नारीका नामले चिनिने सो समुहले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित अभियान सुरु गरेको हो ।
बलात्कारीलाई समाजमा बस्ने अधिकार नहुने भन्दै त्यसता संघिन अपारधका दोशीहरुलाई फाँसीको सजाय दिइनुपर्ने उनीहरुको तर्क छ । उनीहरुले समय अनुसार संविधान समेत परिमार्जन गर्नुपर्ने बताएका छन् । फासी विरुद्धको अभिसन्धीमा नेपालले हस्ताक्षर गरेका कारण नेपालले फाँसीको सजाय दिन नमिल्ने भएकाले समय अनुसार परिमार्जन गर्न संयुक्त राष्ट्रसंगलाई मुलुकको स्थिति दर्शाएर अनुरोध गर्न सरकारलाई आग्रह गरेका छन् ।