Advertisement
Advertisement
Advertisement
Advertisement

‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान

  |      11:19:00   |  
‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान

माघ १६, काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्। यो संख्या भनेको कुल निर्वाचित संख्याको ३।३२ प्रतिशत मात्रै हो। त्यसैगरी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचन मैदानमा भए पनि नौजना मात्रै निर्वाचित भएका थिए।

यतिबेला सातवटै प्रदेशमा प्रदेश प्रमुख पुरुष छन् भने राष्ट्र सञ्चालनका प्रमुख पद प्रधानमन्त्रीको जिम्मेवारीमा पनि सधैं पुरुषले नै स्थान लिएका छन्। राष्ट्रपति र उपराष्ट्रपति जस्तो सर्वोच्च पदमा पुरुष–महिलाको वैकल्पिक सिट र संसदको उपप्रमुख ९माथिल्लो र तल्लो सदन दुवै०, मेयर र उपमेयर जहाँ दुईमध्ये एक महिला हुनुपर्छ भन्ने व्यवस्थालाई कानुनमा छिद्र खोजेर ‘गठबन्धन’ प्रक्रियाबाट र ‘वा’ जस्ता शब्दावली प्रयोगले महिलाको राजनीतिक सहभागितालाई पाखा लगाउने काम भएको छ।

यही कुरालाई मध्यनजर गर्दै अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यअनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको हो। खासगरी यो अभियानले न्यायिक समतामूलक समाज निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ, जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो। महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरेर हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म अभियान अगाडि बढाइएको छ।

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विभिन्न समय र स्थानमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। यसैबिच शनिबार स्थानीय अन्य संघसस्थाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ दाङको लमही हँुदै काठमाडौंसम्म पुगेको छ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले कञ्चनपुरको महकालीबाट सुरु गरेको यात्रालाई लमहीमा स्वागत गर्दै एक औपचारिक कार्यक्रम गरिएको थियो। दाङको लमहीमा भएको कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले अभियानमा ऐक्यबद्धता रहेको बताउँदै २०८४ मा महिला नै पहिला बनाउन सबैले जोड दिनुपर्ने बताइन्।

लमही हँुदै बुद्ध जन्मभूमि लुम्बिनीमा ¥याली गरी रूपन्देहीको भैरहवामा नमुना एकीकृत विकास परिषद्को स्वागतपछि आइतबार बिहान चितवनको गैंडाकोटबाट निस्किएको ¥याली नारायणघाटको भाटभटेनी चोकमा एक औपचारिक कार्यक्रममा परिणत हुनुका साथै महिलावादी गीतमा नाचगानसमेत गरेको थियो। सहभागीले घर चलाउन सक्नेले देश चलाउन सक्छन्, महिला नै पहिला, हरेक भोटमा महिलाको आवाज, भाषणमा महिला आसनमा महिला जस्ता नारा लगाएका थिए।

आइतबारै चितवनबाट काठमाडौं निस्किएको अनुपम यात्रा चन्द्रागिरिको थानकोटमा एक औपचारिक कार्यक्रम गर्दै ललितपुरस्थित नागरिक आवाजको कार्यालयमा पुगी सानो औपचारिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै नागरिक आवाजका कार्यक्रम प्रमुख डा। सुसन रिसालले अनुपम अभियानले आउँदो निर्वाचनमा महिलालाई अगाडि ल्याउन सहयोग पुग्ने बताइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement