भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरूप्रति गरिएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छन्।
शाक्यले ‘खरान ग्याङ’लाई सम्मानको अर्थ नबुझ्नु स्वाभाविक भएको टिप्पणी गरेकी हुन्। उनले आफ्नो भनाइमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका क्रममा आफूहरूमाथि भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उनको टिप्पणीमा राजनीतिक असहमति र विरोधका नाममा व्यक्तिको सम्मान तथा मर्यादामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आलोचना गरिएको छ।
शाक्यले सम्मान र मानवीय व्यवहारको अपेक्षा गर्नुपर्ने अवस्थामा त्यसको विपरीत व्यवहार भएको संकेत गर्दै ‘सम्मानको अर्थ नबुझ्ने’ समूहप्रति व्यंग्य गरेकी छन्।
Share this with your friends: