Advertisement
Advertisement
Advertisement
Advertisement

‘आसाधारण बिदा’मा शिक्षिका आठ महिनादेखि अस्ट्रेलियामा

  |      11:10:00   |  
‘आसाधारण बिदा’मा शिक्षिका आठ महिनादेखि अस्ट्रेलियामा

माघ १३, काठमाडौं । सिराहा गोलबजार नगरपालिकास्थित जनता नमुना (प्राविधिक) माविमा प्राथमिक द्वितीय तहमा कार्यरत शिक्षिका विमलाकुमारी झा ‘असाधारण बिदा’ मागेर हिँडेको आठ महिना भयो । उनी ‘असाधारण बिदा’ लिएर छोरी भेट्न अस्ट्रेलिया पुगेकी छिन् । आठ महिनादेखि विद्यालयमा अनुपस्थित भए पनि विद्यालय प्रशासनको मिलेमतोमा पहिलो त्रैमासिकको तलबभत्तासहित दसैँ खर्च निकासा भएपछि घटना सार्वजनिक भएको हो । 

झाको तलबभत्ता अपचलन गरेको भन्दै विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् । झाको आार्थिक वर्ष ०८१÷८२ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म र दसैँ खर्च) को दुई लाख ९६ हजार तीन सय ४५ रुपैयाँ ९५ पैसा निकासा भएको ती शिक्षकको दाबी छ । घटना विवरणअनुसार शिक्षिका झा विद्यालयमा २७ चैत ०८० मा ‘असाधारण बिदा’को निवेदन दिएकी थिइन् । जेठ पहिलो साता उनी अस्ट्रेलिया उडेकी हुन् । ११ जेठदेखि अहिलेसम्म विद्यालयमा अनुपस्थित रहेकी उनको तलबभत्ता निकासा भएको सार्वजनिक भएपछि ‘हाजिर’ लेखिएको हाजिरी रजिस्टरमा टिपेक्स लगाएर ११ जेठदेखि ७ माघसम्म ‘गयल’ लेखिएको छ । विद्यालयका प्रधानाध्यापक भरत साहले भने झाको हाजिरी रजिस्टरमा शिक्षा विकास तथा समन्वय एकाइको सुझावका आधारमा टिपेक्स दलेर गयल लेखिएको दाबी गरे ।

यसरी भयो तलब–भत्ता निकासा
गोलबजार नगरका सूचना अधिकारी सुबोधकुमार लामाका अनुसार ‘असाधारण बिदा’का लागि विद्यालय व्यवस्थापन समिति र समिति नभएको अवस्थामा शिक्षक कर्मचारीको बैठकले निर्णय गरी पालिकाको शिक्षा शाखामा आएपछि सिफारिससहित शिक्षा विकास तथा समन्वय एकाइले स्वीकृत गर्ने–नगर्ने हुन्छ ।’ उनले भने ‘शिक्षिका झाको बिदा स्वीकृत भएको विद्यालयले जानकारी नगराएपछि तलबभत्ता निकासा दिइएको हो ।’ उनका अनुसार विद्यालयमा अनुपस्थित शिक्षिकाको बिदासम्बन्धी निवेदन गत ४ वैशाखमा (शिक्षक कर्मचारीको बैठकको निर्णयसहित) आएको थियो । त्यसको दुई दिनपछि ६ वैशाखमा शिक्षा शाखामा निवेदन आएको भोलिपल्ट एकाइमा पठाइएको थियो । ‘त्यसपछि के भयो, विद्यालयले जानकारी गराएन,’ उनले भने ‘विद्यालयले गत ३० भदौमा अन्य शिक्षक कर्मचारीसहित शिक्षिका झाको समेत हाजिरी प्रमाणित गरी तलबभत्ता माग गरेपछि निकासा दिइएको हो ।’ शिक्षिका विद्यालयमा अनुपस्थित रहेको अवस्थाको विषयमा विद्यालयले किन हाजिरी प्रमाणित गरी तलबभत्ता निकासाको माग फाराम पठायो, त्यसको विषयमा विद्यालयका प्रधानाध्यापक र लेखासँग स्पष्टीकरण सोध्ने उनको भनाइ छ । 

बेरुजु खातामा दाखिला गरिएको दाबी
प्रधानाध्यापक साहले विद्यालयमा कार्यरत ६३ जना शिक्षक कर्मचारीको तलबभत्ता माग गर्दा भुलवश शिक्षिका झाको समेत तलबभत्ता माग गरिएको दाबी गरे । पछि विद्यालयको खातामा आएको रकम झाको खातामा नहाली लेखामार्फत सरकारको कोष तथा लेखा नियन्त्रण कार्यालयमा रहने बेरुजु खातामा रकम दाखिला गरिएको बताए । 

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफू पालिकामा हाजिर भएपछि विद्यालयमा अनुपस्थित शिक्षिकाको तलबभत्ता निकासा नभएको जानकारी दिए । ‘म आउनुभन्दा पहिले के–के भयो भन्ने फाइल नहेरी आधिकारिक रूपमा बोल्न सक्दिनँ,’ उनले भने, ‘शिक्षा शाखामार्फत उनको फाइल मगाएको छु, अध्ययन गरेपछि भनौला ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement