Advertisement
Advertisement
Advertisement
Advertisement

७१ दिनपछि हत्यारा पहिचान भएको एउटा वीभत्स घटना

  |      17:08:00   |  
७१ दिनपछि हत्यारा पहिचान भएको एउटा वीभत्स घटना

फागुन १६, काठमाडौं ।  अजिमा खातुनलाई विदेशबाट श्रीमानले फोन नगरेको २ महिनाभन्दा बढी भएको थियो।

उनका श्रीमान शहिद अन्सारी वैदेशिक रोजगारका लागि कतारमा छन्। प्रायः मेसेन्जरमै फोन गर्थे तर मंसिरको अन्तिमदेखि न फोन गरेका थिए न त अनलाइनमा नै आएका थिए।

कहिलेकाहीँ कुराकानीकै क्रममा श्रीमान(श्रीमतीबीच विभिन्न घरायसी कुरालाई लिएर विवाद हुन्थ्यो। त्यसपछि केही दिन कुराकानी बन्द हुन्थ्यो।

मंसिरको अन्तिमतिर पनि अजिमा र शहिदबीच भनाभन भएको थियो। त्यसपछि भने उनीहरूबीच कुराकानी हुनै छाड्यो।

अजिमाले हरेक दिन श्रीमानलाई फोन गरिन् तर लाग्दै लागेन। रिस मरेपछि आफै फोन गर्छन् भन्ने सोचिन् तर त्यतिका दिनसम्म पनि श्रीमान सम्पर्कमा नआउँदा अत्यासिन थालिन्।

फागुन १० गते अजिमाले फेसबुकमै एउटा सूचना देखिन्। त्यसमा उनको श्रीमानसँग मिल्दोजुल्दो अनुहारको स्केच थियो। त्यो अनुहार भएको व्यक्तिको शव भेटिएको र चिन्नेलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नू भन्ने ब्यहोराको सूचना थियो।
अजिमा छाँगाबाट खसेजस्तो भइन्। एक मन श्रीमान कतारमा छन् यहाँ कसरी हत्या हुन्छ भन्ने पनि सोचिन्। अर्कातिर श्रीमानसँग कुराकानी नभएको धेरै भएको थियो। कतै उनै त होइनन् भन्ने लख काटिन् र जिल्ला प्रहरी कार्यालय पुगिन्।

त्यहाँ पुगेर प्रहरीले सार्वजनिक गरेको स्केचबारे बुझिन्। अजिमाले गरेको बयान र प्रहरीको अनुसन्धानबाट खुलेका तथ्य मेल खायो। शव शहिदकै रहेछ। अजिमाको घाँटी सुकेर आयो, बोली रोकियो। कतारमा भएका श्रीमान कहिले फर्किए भन्नेसम्म थाहा नभएका उनलाई श्रीमानको हत्या भएको कुरा पत्याउन र सहन गाह्रो भइरहेको थियो।प्रहरीले अजिमासँग सोधपुछ र थप अनुसन्धानपछि थाहा पायो- शहिद प्रेमिकाले बोलाएपछि श्रीमतीलाई थाहा नदिई नेपाल आएका रहेछन्।

धनुषाको कमला नगरपालिका-६ सिम्याहीका हुन् शहिद। उनी ३३ वर्षका थिए। धनुषाको मिथिला बिहारी नगरपालिका– ६ की २६ वर्षीया अनिताकुमारी यादवसँग प्रेम सम्बन्धमा पनि थिए उनी । त्यसबारे अजिमा पनि अवगत थिइन्। त्यो थाहा पाएर नै अजिमाले शहिदलाई विदेश पठाएकी थिइन्।

अजिमासँगको सोधपुछपछि प्रहरीले अनितालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको धनुषाका एसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

अनिताका श्रीमान पनि वैदेशिक रोजगारमै साउदी अरबमा छन्।

अनितालाई पक्राउ गरेर सोधपुछ गर्दा शहिदको हत्या अनिता र उनका श्रीमान राजकिशोर यादवले गरेको खुलेको छ।

उनीहरू दुवै मिलेर मंसिर २६ गते आफ्नै घरमा बोलाएर शहिदको हत्या गरेको अनुसन्धानमा खुलेको एसपी तिवारीले जानकारी दिए।

प्रहरीको अनुसन्धानबाट अनिताले मंसिर अन्तिममा शहिदलाई तारन्तर फोन गरेर भेट्न बोलाएको खुलेको छ।

अनिताले श्रीमान राजकिशोरले विदेशबाट पैसा पठाएको भनेर फोटोसमेत पठाएकी थिइन्। कम्पनीले छुट्टी दिँदैन भनेपछि अनिताले नै जुक्ति निकालिन्।

अनिता पहिल्यैदेखि कानको बिरामी रहेछिन्। कान देखाउन भनेर उनी अस्पताल गइन्। अस्पतालको टिकटको नाममा अजिमा खातुन लेखाइन् भने ठेगाना कमला नगरपालिका – ६। अस्पतालको रिपोर्ट शहिदलाई पठाइन्। श्रीमती बिरामी भएको प्रमाण शहिदले कम्पनीलाई देखाएर बिदा स्वीकृत गराए।

शहिद मंसिर २६ गते काठमाडौं आइपुगेका थिए। त्यहाँबाट उनी बस चढेर धनुषातर्फ लागे। बेलुकाको साढे ८ बजेको हुँदो हो। जाडो मौसम भएकाले रात निष्पट्ट अँध्यारो थियो। शहिद आफ्नो घर नगई सरासर अनिताको घर पुगे।

अनिताले घरको ढोका खोलिन् र शहिदलाई डोहोर्‍याउँदै भित्र लगिन्। भित्र छिरेपछि ढोकाको चुकुल लगाइन्। शहिदले आफ्नो सामुन्नेमा अनिताका श्रीमान राजकिशोर देखे। त्यहाँबाट बाहिर निस्कन खोजे तर ढोकाको चुकुल लागिसकेको थियो, उनी रोकिए।

राजकिशोर ३ वर्षअघि साउदी गएका थिए। त्यसपछि अनिता र शहिद नजिकिएका थिए। उनीहरू सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा नजिकिएका थिए। त्यसपछि भेटघाट बाक्लिएको थियो। त्यही क्रममा कहिलेकाहीँ शहिद अनिताको घरमै पनि आउने गरेको अनुसन्धानबाट खुलेको एसपी तिवारीले जानकारी दिए।

त्यसरी घरमै आउन थालेपछि उनीहरूको सम्बन्धलाई लिएर गाउँमा गाइँगुइँ पनि चलेको थियो। हल्ला साउदीमा रहेको राजकुमारको कानसम्म पुग्यो। त्यसपछि मंसिर १५ गते नेपाल आएका उनले श्रीमतीसँग मिलेर योजना बनाइ शहिदलाई नेपाल झिकाएका थिए।

शहिदले आफूमाथि षड्यन्त्र भएको कुरा अनिताको घर पुगेपछि मात्रै थाहा पाए। उनीहरूले कोठाभित्रै शहिदलाई बाँधेर राखे। राजकिशोरले कुट्न सुरू गरे। आफ्नो श्रीमतीसँग प्रेम गरेकाले श्रीमती उसैलाई लैजान पनि भनेका थिए। तर शहिदले अनितालाई लिएर जान अस्वीकार गरेको एसपी तिवारीले बताए।

राजकिशोरले शहिदलाई रातभरि बाँधेर राखेका थिए। रातभरि नै उनीहरूबीच भनाभन भएको थियो। कुटाई खाए पनि शहिदले अनितालाई विवाह गरेर घर लैजाने राजकिशोरको प्रस्ताव अस्वीकार गरिरहे।

२७ गते बिहानीपखसम्म राजकिशोरले शहिदलाई बन्चरो प्रहार गरेको अनिताले प्रहरीलाई बताएकी छन्। चार पटक बन्चरो प्रहार गरेपछि शहिद चल्मलाउन छाडेका थिए। त्यसपछि लगातार प्रहार गरी शहिदको हत्या गरे।  

शहिदको हत्या गरेपछि शव प्लास्टिकमा बेरेर राखेपछि अनिता र राजकिशोर घरमा ताल्चा लगाएर बाहिर निस्किए। पुस ४ गते दिउँसो ३ बजे मिथिला बिहारी नगरपालिका(२ पुरनदाना टोलस्थित खैरो खोलाको पुलमुनि फेला परेको थियो।

जुटको बोरामा राखिएको शवको खुट्टा बाहिरिएको थियो। अनुहारको भाग हिलोमा डुबेको थियो। शव अत्यधिक गन्हाएपछि स्थानीयले नै प्रहरीलाई जानकारी गराएका थिए।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार शव सड्न लागिसकेको अवस्थामा भेटिएको थियो। खुट्टा सलवारले बाँधिएको थियो। बन्चरो प्रहारबाट अनुहार क्षतविक्षत भएकाले चिनिन सक्ने अवस्थामा पनि थिएन।

अनुसन्धानका क्रममा वरपरका मानिसहरूको कसैको पनि नभएको खुलेपछि प्रहरीले शव भारतीय नागरिकको हुन सक्ने आकलन गरेको थियो। कतैबाट कुनै जानकारी भने आएको थिएन।

शव फेला परेको तीन दिनपछि प्रहरी प्रधान कार्यालयले विज्ञमार्फत मृतकको स्केच तयारी पारी प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरी स्केच देखाउँदै स्थानीयका घर–घरमा पनि पुगेको थियो। इँटाभट्टा, होटल, फ्याक्ट्री, सुनचाँदी पसलमा काम गर्ने कालीगढ, छिमेकी देशका सीमाका प्रहरी बल सबैतिर प्रहरी स्केच देखाउँदै पुग्यो। तर पनि को हो भन्ने खुलेको थिएन।

पक्राउ परेका अनिताका अनुसार शहिदको हत्या गरेपछि राजकिशोरले मोटरसाइकलमा लगेर उनको शव व्यवस्थापन गरेका थिए। प्रहरीले भने शव व्यवस्थापनमा राजकिशोरबाहेक अरूको पनि सहयोग हुनसक्ने आकलन गरी अनुसन्धान अगाडि बढाएको छ।

‘हत्यापछि शव गन्हाउने नहुँदासम्म उनीहरूले कहाँ/कहाँ राखेका थिए, त्यो कुरा र मोटरसाइकलमा राखेर शव पुलबाट फाल्न जाँदा अर्का को व्यक्ति थिए भन्ने कुरा पनि खुल्न बाँकी छ,’ अनुसन्धान खटिएका एक  प्रहरीले भने।

थप केही मानिसहरू शंकाको घेरामा रहेको तथा उनीहरूमाथि निगरानी बढाइएको उनले जानकारी दिए।

मुख्य आरोपी राजकिशोर भने ३२ दिनअघि नै साउदी फर्किसकेका छन्।

‘अब हामी उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्छौं र नेपाल झिकाउने प्रक्रिया सुरू गर्छौं,’ एसपी तिवारीले भने।

शहिदको हत्या भएको ७१ दिनमा बिहीबार अनितालाई पक्राउ परी सार्वजनिक गरिसकेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement