असार ३१, काठमाडौ । केआई नेपालले सन् २०१८ मा ६ महिनाको अवधिमा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार गरेको छ ।
संस्थाले उद्वार गरिएका ३ सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । भने २८ जना महिला तथा किशोरीलाई सुरक्षित आवास गृहमा राखी सीप विकास तालिम दिएको छ ।
संस्थाले सोही अवधिमा भारत लगायत अन्य मुलुकबाट उद्वार तथा स्वदेश फिर्ता गरिएका ११ जना महिला, किशोरी तथा ५ बालकलाई स्वदेश ल्याई पारिवारिक पुनर्मिलन तथा सीप विकास तालिममा सहभागी गराएको छ ।
यस्तै ३२ जना प्रभावितद्धारा ३८ जना प्रतिवादी विरुद्ध १८ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा, ४ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा, २ वटा सार्वजनिक मुद्दा, १ वटा किर्ते कागज सम्बन्धी मुद्दा विभिन्न जिल्लामा दर्ता गरिएको पनि के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भटराईले बताए ।
महिला खबरबाट साभार