Advertisement
Advertisement
Advertisement
Advertisement

१ हजार १९ जना केयरगिभर इजरायल पुगे, १०० जना उडानको पर्खाईमा

  |      17:34:00   |  
web image
web image

असोज २५, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार ‘केयरगिभर’ को प्रक्रिया टुङ्गिएको छ । 

नेपालबाट हालसम्म १ हजार १९ जना सहायक कामदार इजरायल पुगिसकेका छन् । भने अब १०० जना जान बाँकी छन् । उनीहरू सबै प्रक्रिया पुरा गरेर उडानको प्रतिक्षमा छन् । एससँगै केयरगिभर इजरायल पठाउने प्रक्रिया लगभग टुङ्गिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार अबको केही दिनमा बाँकी रहेकाहरू केयरगिभर इजरायल जानेछन् । त्यसपछि यो प्रक्रिया पूर्ण रूपमा सकिनेछ । 

केयरगिभरका लागि १ हजार १७५ जना अन्तिम छनोटमा परेका थिए । ती मध्ये १ हजार ११९ जना मात्रै इजरायल जाने भएका छन् । जसमध्ये १ हजार १९ जना गइसकेका छन् । भने १०० जना उडानको प्रतीक्षामा छन् । ती बाहेक अन्तिम छनोटमा परेका ५९ जना इजरायल जानबाट रोकिएका छन् । त्यसरी रोकिएकाहरूमा केही मेडिकल फेल भएका छन् भने केहीले नजाने भनेर आफैँले रिजेक्ट गरेका हुन् । 

नेपाली केयरगिभरलाई इजरायल पठाउन आवेदन आह्वान गरेको मितिदेखि हालसम्म १५ महिना लाग्यो । कोरोना महामारीकैबीच विभागले छनौट प्रक्रिया अगाडि बढाएको थियो । 

विभागले १२ साउन २०७८ मा पहिलो पटक इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान गरेपछि ६ हजार भन्दा बढीले आवेदन दिएका थिए । २८ भदौ २०७८ मा लिइएको लिखित परीक्षामा २ हजार ३९ जना पास भएका थिए ।  

पहिलो चरणमा ५ माघ २०७८ मा ९९ जना नेपाली केयर गिभर इजरायल प्रस्थान गरेका थिए । त्यसपछि माघ १५ र १८ गते गरेर जम्मा २९७ जना इजरायल गएका थिए । उनीहरू गएपछि भने लामो समयसम्म इजरायलले भिसा जारी गर्न बन्द गरेको थियो ।  

इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने भन्दै थालेको आन्दोलनका कारण चार महिना भन्दा बढी समय प्रक्रिया बन्द भएको थियो । बन्द भएको भिसा जारी गर्ने प्रक्रिया गत साउनबाट पुनः सुचारु भएको थियो । 

दुई देशबीच १४ असोज २०७७ मा भएको श्रम सम्झौता अनुसार केयरगिभर इजरायल जान पाएका हुन् । इजरायलले केयरगिभरपछि कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने बताएको छ । त्यसका लागि दुवै देशका सरकारी अधिकारीहरू आवश्यक गृहकार्यमा लागेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement