Advertisement
Advertisement
Advertisement
Advertisement

हुथीले आक्रमण जारी राखे तेलको मूल्य दोब्बरले बढ्न सक्ने

  |      10:22:00   |  
web image
web image

लालसागरमा हुथी विद्रोहीकोको आक्रमण जारी रहिरहे तेलको मूल्य दोब्बरले वृद्धि हुने चेतावनी दिइएको छ । होर्मुजको जलमार्गमा हुथी विद्रोहीको अवरोधले तेलको मूल्य दोब्बर हुनसके गोल्डम्यान स्याक्सले चेतावनी दिएको हो । 

अमेरिकी टेलिभिजन सीएनबीसीलाई अन्तर्वार्तामा दिदैँ कम्पनीको तेल अनुसन्धान विभागका प्रमुख डान स्ट्रुवेनले लालसागर एक ट्रान्जिट मार्ग भएको र त्यहाँ लामो समयसम्म अवरोध भएमा तेलको भाउ तीन वा चार डलर बढ्न सक्ने बताएका छन् ।

‘यद्यपि यदि स्ट्रेट अफ हर्मुजमा एक महिनाको लागि अवरोध भयो भने, तेलको मूल्य २० प्रतिशतले बढ्ने छ र त्यहाँ अवरोध लामो समयसम्म रह्यो भने अन्ततः दोब्बर हुन सक्छ,’ उनले भने।

तत्काललाई स्ट्रुवेनले भनेजस्तो अवस्था नआउने देखिएपछि उनको भनाईले अन्तर्राष्ट्रिय व्यापार र राजनीतिको सामूहिक आवाजलाई प्रतिनिधित्व गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । 

गत नोभेम्बर महिना देखि हुथी विद्रोहीहरूले क्षेप्यास्त्र, ड्रोन, द्रुत डुङ्गा र हेलिकप्टरहरू प्रयोग गरेर २० गुणाभन्दा बढी पटक लाल सागरमा व्यावसायिक ढुवानीमा आक्रमण गरेका छन्।

आक्रमणको प्रतिउत्तरमा अमेरिकाले डिसेम्बरमा व्यापारिक यातायातको सुरक्षा गर्न गस्ती बढाउने घोषणा गर्‍यो  ।  बेलायत, अष्ट्रेलिया र क्यानडाका जहाजहरू पनि यसमा संलग्न छन्।

आक्रमणको परिणामस्वरुप डिसेम्बरको प्रारम्भिक–मध्यमा केहि मात्रामा तेलको मूल्य वृद्धि देखियो, तर बजार व्यापक नरम रहेको कारण अस्थिरता धेरै हदसम्म कम भएको छ।

अघिल्लो साताको अन्त्यमा विद्रोहीहरूको आक्रमणमा परेको युरोपका दुई ठूला ढुवानी कम्पनी मार्स्क र हापाग लोयडले लालसागर र स्वेज नहरका मार्गहरू प्रयोग गर्न अस्वीकार गरेका छन् ।

इजरायलले प्यालेस्टाइनमा आक्रमण जारी राखिराखेको अवस्थामा  हमासप्रति  बढीरहेको समर्थनले पश्चिमी व्यापारिक क्रियाकलापमा अवरोध सिर्जना भईरहेको छ ।-एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement