Advertisement
Advertisement
Advertisement
Advertisement

हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय ‘दिमा आमा घर’

  |      10:48:00   |  
हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय ‘दिमा आमा घर’

फागुन २५, काठमाडौं । जुम्लामा घरेलु हिंसा पीडित महिलाहरूको सशक्तिकरण, आपतकालीन आश्रय तथा न्याय प्राप्तिका लागि ‘दिमा आमा घर’ स्थापना गरिएको छ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सात जना हिंसा पीडित महिलाहरूको पहलमा चन्दननाथ नगरपालिका–६ मा यो घर सञ्चालनमा आएको हो।

संस्थाका अध्यक्ष दिलमाया शाहीका अनुसार पत्रकारिता क्षेत्रमा कार्यरत रहँदा उनले हिंसा पीडित महिलाहरूको समस्या नजिकबाट अनुभव गरिन्।

कानूनी सहायता खोज्ने क्रममा सदरमुकामसम्म आइपुग्दा सुरक्षित बसोबासको अभाव भएकाले ‘दिमा आमा घर’ आवश्यक भएको उनको भनाइ छ। यस घरले पीडितहरूलाई अल्पकालीन आश्रय प्रदान गर्नुका साथै कानूनी प्रक्रिया पूरा गर्न सहज वातावरण सिर्जना गर्नेछ।

घरबाट निकालिएका, हिंसा सहेर न्याय खोज्न आएका महिलाहरूका लागि यो केन्द्र पहिलो सुरक्षित स्थान बन्ने लक्ष्य राखिएको छ। यस्तै, बलात्कार पीडित बालिकाहरूलाई पनि आवश्यक आश्रय, स्वास्थ्य उपचार तथा न्यायका लागि पैरवी गर्ने व्यवस्था गरिएको छ।

शनिबार आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले ‘दिमा आमा घर’ कर्णाली प्रदेशकै नमूना सुरक्षित आश्रय बन्ने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पीडित महिलाहरूका लागि कानूनी सहायता, स्वास्थ्य उपचार र पुनःस्थापनाका लागि संस्थाको भूमिका महत्वपूर्ण रहने बताए।

वरिष्ठ अधिवक्ता देवेन्द्रप्रसाद शर्माले संस्थाले हिंसा पीडितलाई न्याय दिन थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा राख्दै दिलमाया शाहीसहितको टिमलाई धन्यवाद दिए।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जयशंकर धिताल र बुद्धिजीवी गोविन्द्र बहादुर शाहीले संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

दिमा आमा घरमा हाल तीनवटा आराम कक्ष, एक भान्साघर र कार्यालय सञ्चालनमा छन्। यो संस्थाले हिंसामा परेका महिलाहरूका लागि सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउन विभिन्न सशक्तिकरण कार्यक्रमसमेत सञ्चालन गर्ने लक्ष्य राखेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement