Advertisement
Advertisement
Advertisement
Advertisement

स्वीडेनको क्याम्पसमा अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या

  |      16:00:00   |  
स्वीडेनको क्याम्पसमा अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या

माघ २३ काठमाडौं । स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या गरेका छन्।  

मध्य स्वीडेनको ओरेब्रो शहरमा रहेको रिसबर्गस्का क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको र अरू धेरैजना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मंगलबार मध्याह्न १२ बजे क्याम्पसमा एक संदिग्धले गोली चलाएको भन्ने सूचना त्यहाँको प्रहरीले पाएको छ। प्रहरी घटनास्थल पुग्दा ती संदिग्धले प्रहरीतर्फ पनि गोली चलाएको थियो। प्रहरीको जबाफी फायरमा ती संदिग्धको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ।

मंगलबारको घटनालाई स्वीडेनमा अहिलेसम्मकै भयानक गोलीकाण्डको घटना भनिएको छ।  

गोली चलाउने व्यक्तिबारे अहिलेसम्म त्यहाँको प्रहरीले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन।
प्रहरीले  संदिग्ध एक्लैले गोली चलाएको, उनी कुनै आपराधिक समूहका सदस्य नरहेको पनि बताएको छ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पीडित र उनीहरूको परिवारप्रति समवेदन व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिए।
‘हामीले आज निर्दोष मानिसहरूविरूद्ध क्रुर र घातक हिंसा देख्यौ। यो स्वीडेनको इतिहासको सबैभन्दा खराब सामूहिक गोलीकाण्ड हो,’ उनले भनेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement