Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. तोसीमा कार्की

  |      15:46:00   |  
web imege
web imege

माघ ३, काठमाडौं । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा.तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

१० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा। तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री मात्रै बनिन् ।

राष्ट्रिय राजनीतिमा डा.तोसिमाको चर्चा भने ४ मंसिरको चुनावमा तत्कालिन ऊर्जा मन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई चुनावी चुनौती दिएपछि सुरु भएको थियो । ललितपुर–३ बाट भुसाल र एमालेका अमृत खड्कालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य जितेपछि तोसिमाको चर्चा थप फराकिलो बन्यो ।

राजनीतिक समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा उनी राज्यमन्त्री बन्न पुगिन् । तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन ।

किनकि राजनीतिमा प्रवेश गर्नु र सांसद बन्नु अगाडि जुन एजेण्डा उठाएर अभियान चलाइरहेकी थिइन्, त्यही क्षेत्रको राज्यमन्त्री बनेकी छन् । अर्थात्, तोसिमालाई आफैले उठाएको सवाल र एजेण्डा पूरा गर्नुपर्ने चुनौती छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य भइसकेकी डा.तोसिमाले विशेषगरी डा.गोविन्द केसीले उठाउने एजेण्डालाई साथ दिँदै आएकी थिइन् । त्यस अर्थमा डा।केसीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने अवसर पनि तोसिमालाई छ ।

‘स्वस्थ नेपाली, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएकी डा. कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा काम गर्दागर्दै राजनीतिमा होमिएकी डा। कार्की छोटो अवधिमा यति ठूलो ठाउँमा पुग्ने कमै व्यक्तिमा पर्छन् ।

एजेण्डासँग परिचित तोसिमा

चिकित्सा क्षेत्रको आवाज उठाउने क्रममै नवगठित रास्वपासँग जोडिएकी डा.तोसिमाको उम्मेदवारी नै खारेज गर्ने मुख्य निर्वाचन आयोगले निर्णय गरेको थियो । तर त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले उम्मेदवारी यथावत गरिदियो ।

अदालतको आदेशले थामिएको उम्मेदवारी जनअनुमोदन भयो, तोसिमा सांसद भइन् । निर्वाचन आयोगको निर्णयमा मात्रै नभएर डा।तोसिमासँग चिकित्सा क्षेत्रमा हुने सरकारी निर्णयहरुमा पनि निरन्तर आवाज उठाउने गरेको विगत छ ।

मेरिट अनुसार भर्ना गराउने र शुल्क निर्धारण हुनुपर्ने आन्दोलनमा उनी सफल पनि भइन् । डा.गोविन्द केसीको पहिलो सत्याग्रहदेखि जोडिएकी डा। तोसिमा सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा र शिक्षा पुर्‍याउनुपर्ने मान्यतामा राख्छिन् ।

चिकित्सा शिक्षामा सबैको पहुँच पुग्नुपर्ने डा.केसीको अभियानबाट प्रेरित ३३ वर्षे डा.तोसिमाको चुनावी प्रतिबद्धतामा पनि त्यही विषय उल्लेख छ । सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच, १० प्रतिशत बेड विपन्न विरामीलाई छुट्याउनुपर्ने, अस्पतालमा विपन्न बिरामी कोषको व्यवस्था, क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरु निशुल्क र अनिवार्य जस्ता   लिएरै तोसिमाले सांसद जितेकी थिइन् ।

अझ २०८० सालदेखि ०८५ सम्मलाई स्वर्ण पञ्च वर्ष घोषणा गरी स्वास्थ्य क्षेत्रको नीतिग सुधार गर्ने योजनामा डा. तोसिमा खरो उत्रनुपर्नेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement