माघ ७,काठमाडौं । महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्यापछि भागेर भारत पुगेका व्यक्ति समातिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियालाई मारेर फरार उनलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलका अनुसार, हत्यापछि उनी भागेर बाहिर निस्किएको खुलेको छ ।हत्यापछि वीरगञ्ज जाने सुमो चढेर गएको देखिन्छ, त्यसपछि रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा करिब २ महिनासम्म लुकिछिपी बसेको देखिन्छ’, उनले भने, ‘त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटनाबारे निरन्तर सूचना लिइरहेका थिए ।’
प्रहरीका अनुसार, घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुनः १०र११ पुसतिर काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । त्यहीबेला खोजी गरिरहेको प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको एसपी ढुंगेलले बताए ।