Advertisement
Advertisement
Advertisement
Advertisement

सेवा शुल्कसम्बन्धी कानुनी अन्योल अन्त्य गर्न सांसद अधिकारीको माग

  |      17:07:00   |  
सेवा शुल्कसम्बन्धी कानुनी अन्योल अन्त्य गर्न सांसद अधिकारीको माग

भदौ ३ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदै आएको १० प्रतिशत सेवा शुल्कको व्यवस्थालाई स्पष्ट कानुनी आधारसहित निरन्तरता दिन सरकारसँग आग्रह गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवा शुल्कसम्बन्धी विवादका कारण श्रमिकको आम्दानी र सामाजिक सुरक्षामा प्रत्यक्ष असर परेको बताइन्। श्रम ऐनमा आवश्यक संशोधन गरेर सेवा शुल्क उठाउने र वितरण गर्ने विषयलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो।
अधिकारीका अनुसार होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले लामो समयदेखि सेवा शुल्क प्राप्त गर्दै आएका छन्। तर, पछिल्लो समय उत्पन्न कानुनी विवादले यसको कार्यान्वयनमा अन्योल सिर्जना गरेको छ।
उनले सेवा शुल्क श्रमिकको आयसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई हटाउँदा श्रमिक र उनीहरूका परिवारको जीवनयापनमा नकारात्मक प्रभाव पर्ने बताइन्।
श्रमिकको अधिकार केवल पारिश्रमिकमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले सामाजिक सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भएको धारणा व्यक्त गरिन्।
होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न नसके श्रम बजारमा असुरक्षा बढ्ने चेतावनी दिँदै उनले श्रमिकको अधिकार संरक्षण र पर्यटन क्षेत्रको दिगो विकासका लागि कानुनी व्यवस्था स्पष्ट बनाउन सरकारसँग माग गरिन्।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement