Advertisement
Advertisement
Advertisement
Advertisement

सुन्दर भविष्य बनाउन बिदेश गएकी नेपाली युवतीलाई ओमान पुर्‍याएर बलात्कार

  |      15:31:00   |  
web image
web image

मंसिर १, काठमाडौं । राधिका तामाङ (नाम परिवर्तन) को आर्थिक अवस्था कमजोर थियो । देशभित्रै रोजगारीको अवसर नपाएपछि उनले बिदेसिने सोच बनाइन् । सोही क्रममा उनले नितेन नाम गरेका एजेन्टलाई आफ्नो पासपोर्ट बुझाइन् । तर, उनलाई नितेनको ठेगाना त परको कुरा, पुरा नाम समेत थाहा छैन  उनैको विश्वासमा परेर वैदेशिक रोजगारीका लागि कुवेत जाने र त्यहाँ पुगेर केही पैसा कमाएर सुन्दर भविष्य बनाउने सपनाका साथ राधिकाले पासपोर्ट जिम्मा लगाएकी थिइन् ।

तर, एजेन्टले विभिन्न बहाना बनाएर सेटिङमा ओमान पठाइदिए । ओमान पुगेपछि उनले बलात्कार जस्तो नसोचेको घटना भोग्नुपरेको छ । 

घरेलु कामदारमा जान सरकारले बन्द गरेको भए पनि उनलाई नक्कली कागजातको सहारामा दलालले संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै ओमान पुर्‍याएको पाइएको छ । ‘नेपालबाट कुवेतको लागि भनेर मेरो एजेन्टमार्फत प्रोसेस भएको थियो  । त्यहीअनुसार नितेन भन्ने व्यक्तिलाई पासपोर्ट दिएको थिएँ’, उनले भनिन्, ‘उनी एजेन्ट हुन् र काठमाडौँमा बस्छन् भन्ने थाहा भए पनि अरू थाहा छैन।’

नितेनलाई राजधानीकै शिव मन्दिर चोकमा भेटेर पासपोर्ट बुझाएपछि सुरुमा मेडिकल गराएको उनको भनाइ छ । ‘तर मेडिकल पछि उसले तिम्रो स्वास्थ्यमा (छातीमा दाग) समस्या छ । कुवेत नहुने भयो ओमानमा राम्रो काम छ त्यहीँ जाऊ भनेर भन्यो’, उनले भनिन्, ‘सोहीअनुसार गत कात्तिक १० गते यूएईको शारजाह हुँदै ओमान आएको हुँ ।’

‘दसैँ अगाडि नै ओमान जान पक्का हुन्छ भनेर भनेको थियो । सोही अनुसार टीकाको दिन बोलाएको पनि थियो तर त्यो दिन उड्न पाइएन’, उनले भनिन्, ‘तीन दिनपछि अर्थात कात्तिक १० गते उडेको हो ।’

राधिकाको भनाइअनुसार उनलाई दलालले सेटिङमा यूएई हुँदै ओमान पुर्‍याएको आशंका गरिएको छ । उनलाई विमानस्थलमा फरक फरक कागजात देखाउन भनिएको थियो भने खासै सोधपुछ पनि भएन । नेपालको अध्यागमनबाट अनुमति पाएसँगै उनी कात्तिक १० गते बिहान १० बजे एयर अरेबियाको फ्लाइटमार्फत शारजाह र त्यहाँबाट ओमानको मस्कट पुगिन् । 

तर, उनी श्रम  भिसा भनिएको भिसामा ओमान आइपुगेको र उनको साथमा भएको श्रम स्वीकृति नक्कली पाइएको गैरआवासीय नेपाली संघ एनआरएनए ओमान (ओमान सोसल क्लब) का अध्यक्ष विकल झाले रातोपाटीलाई बताए । 

हुन पनि राधिकाको भिसाको समयावधि जम्मा ३० दिनको देखिन्छ । त्यसमा श्रम भिसा भनिएको छ । यस्तो कार्य सेटिङ बिना हुन नसक्ने झाको भनाइ छ । विमानस्थलबाट दिनहुँ सेटिङको भरमा प्रस्थान अनुमति दिने गरिएको बेलाबेला चर्चा हुने गरेको बेला राधिकाको हकमा पनि त्यस्तै भएको उनको आशंका छ । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोलबहादुर हमाललाई यसबारे बुझ्दा उनले अर्का कर्मचारीको नम्बर उपलब्ध गराए । ती कर्मचारीले भने आफूहरुले प्रक्रिया संगत ढंगले प्रस्थान अनुमति दिएको बताउँछन् । ‘इमिग्रसनको नेपाली पोर्ट सिस्टममा श्रम चेक गर्ने सिस्टम हुन्छ । श्रम कार्यालयबाट अप्रुभ भएको श्रम हाम्रो सिस्टममा देखिने हो’, उनले भने, ‘हाम्रो मान्यता के हुन्छ भने भ्यालिड श्रम खुल्छ भने हामीले पठाउने चलन हुन्छ ।’ प्रिन्ट गरेको श्रम स्वीकृतिको कागजमा राधिकाको नाम भए पनि क्युआर स्क्यान गर्दा अर्कै नाम आएको बारेमा प्रश्न गर्दा भने उनले  आश्चर्य व्यक्त गरे । ‘त्यस्तो त नहुनुपर्ने । हाम्रो सिस्टममा श्रम चेक गर्दा ठीक भएपछि मात्रै हामीले अनुमति दिने हो । उनीहरुले कसरी श्रम स्वीकृति लिए त्यो हाम्रो सरोकारको विषय भएन, हाम्रो सिस्टममा देखिएपछि भयो ।’ 

तर, राधिकाका अनुसार विमानस्थलमा फरक फरक कागजात देखाउन भनिएअनुसार कागजात देखाएर प्रस्थान अनुमति मिलेको थियो । ‘एयर अरेबियाको उडानमार्फत यूएईको शारजाह विमानस्थल पुगेको हो’, उनको भनाइ छ, ‘विमानस्थलमा सामान्य केरकार भए पनि मैले दुबईमा मेरो दाइ छ भनेको थिएँ । सहजै छाडिदिए । शारजाह पुगेपछि त्यहाँबाट अर्को विमानमा मस्कट पुगेको हो ।’ उनीसँगै ओमान हिँडेका अन्य ५ जनाले पनि त्यसैगरी प्रवेश पाएका थिए । 

स्थानीय ‘रिसिभ’ गर्न पुगे, नविनले इज्जत लुटे सारजाह हुँदै ओमानको मस्कट विमानस्थल पुगे राधिकासहित पाँच जनालाई लिन विमानस्थलमा स्थानीय एजेन्ट पुगेका थिए ।  त्यहाँबाट उनले मस्कटमै बस्ने नेपाली नवीन राईको फ्लाटमा लगेर छाडिदिएका थिए । त्यहीँबाट उनलाई काममा लैजाने भनिएपनि त्यहाँ उनी बलात्कारको सिकार बन्न पुगिन् । 

उनका अनुसार दुई दिनको बीचमा चार जना साथीलाई काममा त्यहाँबाट लगियो ।  त्यसपछि उनी एक्लै रहेको र सोही क्रममा आफूलाई नविनले बलात्कार गरेको राधिकाले रुँदै भनिन् । ४ जना साथीले काम थाले कि थालेनन् उनलाई थाहा छैन । बरु आफूजस्तै उनीहरु पनि समस्यामा परे कि भन्ने चिन्ता लागेको छ । नविनले सुरुमा यौनसम्पर्कको प्रस्ताव गरेको र नमानेपछि जबरजस्ती गरेको उनले बताइन् । ‘पहिला मेरो हात समात्यो, खुट्टा पनि अँठ्यायो’, उनले भनिन्, ‘मलाई त्यस्तो गर्छ भन्ने सोचेको पनि थिएन ।  तिमीले जे भन्छौँ म मान्छु भोलि बजार लगेर केके किनेर दिन्छु भनेर प्रलोभन दियो। मैले  हुँदैन भन्दा भन्दै किन हुँदैन भनेर जबरजस्ती त्यस्तो गर्यो ।’ 

यसरी भयो उद्धार :सुरुमा उनले आफ्नो श्रीमानलाई घटनाबारे सुनाइन् । त्यसपछि श्रीमानले विकल झालगायत एनआरएनए ओमानका अभियन्तालाई जानकारी गराएपछि उद्धारको प्रक्रिया अघि बढेको थियो । 

झाले आफूहरुको संस्था ओमान सोसल क्लब ओमानको कानुनअनुसार दर्ता भएकाले प्रहरीमा रिपोर्ट गरेसँगै अक्टोबर ३१ मा नवीन पक्राउ परेको जानकारी दिए ।  नविन घटना भएको करिब ४८ घण्टाकै बीचमा आफ्नै कोठाबाट पक्राउ परेको बताइएको छ । 

‘पीडित नक्कली कागजातको सहारामा आउन सफल भएको देखिन्छ’, झाले भने, ‘आउँदा फेक श्रम स्वीकृति समेत बनाइएको रहेछ ।’ राधिकाको भनिएको श्रम स्वीकृतिको प्रिन्ट कपिमा रहेको क्युआर स्क्यान गर्दा अर्कैको विवरण भेटिन्छ । त्यस्तो फर्जी डकुमेन्ट हुँदा समेत प्रवेश दिइनुले अध्यागमनको कायैशैलीमाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ । 
राईले बलात्कार गरेको कुरा नेपालमा रहेको श्रीमानलाई सुनाएपछि श्रीमानको सूचनाकै आधारमा आफूहरुले पीडितको उद्धार गरेर अभियुक्तमाथि कानुनी प्रक्रिया अघि बढाएको झाले बताए । राई अहिले ओमान प्रहरीको हिरासतमा रहेका छन् । 

युवतीको स्वास्थ्य परीक्षण भइसकेको छ भने अदालतमा मुद्दा पुगेको उनको भनाइ छ।  अहिले युवतीलाई ओमानस्थित नेपाली दूतावासको सेल्टर हाउसमा राखिएको छ । स्थानीय कानुनअनुसार अभियुक्तको विषयमा पब्लिक प्रोसिक्युसनमा गएपछि मुद्दा कोर्टमा जान्छ । जसअनुसार पब्लिक प्रोसिक्युसन पुरा भएपछि केस तीन दिन पहिला अदालतमा पुगेको भए पनि तारिख दिइसकिएको छैन ।

नेपाली महिलामाथि बलात्कार र मानव तस्करीको मुद्दा स्वदेशमा  पनि दर्ता हुनुपर्ने आफूहरुको धारणा रहेको भन्दै झाले  दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरे । पछिल्लो समय भिजिट भिसामार्फत यूएई, ओमानलगायतका देशमा तीव्र मानव तस्करी भइरहेपनि यसतर्फ सरकारले गम्भीरता नदेखाएको सरोकारवालाको भनाइ छ । 

यता ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालले यो विषय अनुसन्धानकै क्रममा रहेकाले केही बताउन नमिल्ने बताए । बरु उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या आउन सक्ने भन्दै दूतावासले सहजीकरणका लागि वेबसाइटमै जानकारीमूलक विषयहरू राखेकाले त्यसबारेमा प्रचार प्रसार गरिदिन आग्रह गरे । अर्यालले ओमान सरकारले भिजिट भिसामा आइपुग्ने विदेशीको भिसा श्रममा नबदल्ने निर्णय गरेकाले यसप्रति स्वयम् नेपाली श्रमिकहरुपनि सचेत हुनुपर्नेमा जोड दिए । यद्यपि दलालहरुले विभिन्न माध्यमको प्रयोग गरेर मानव तस्करी भने गरिरहेको सरोकारवालाहरूको भनाइ छ ।   साभार रातोपाटी

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement