Advertisement
Advertisement
Advertisement
Advertisement

सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा

  |      17:13:00   |  
सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा

 पुस १५, काठमाडौं। सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरू संगठित भएका छन् ।
काठमाडौँमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पूर्वसांसदहरूले 'संविधानसभा सदस्य तथा पूर्वसांसद सीमान्तकृत महिला सांसद मञ्च गठन गरेका हुन् ।

मञ्चको अध्यक्षमा संविधानसभा सदस्य कमला विश्वकर्मा चयन भएकी छन् । उपाध्यक्षमा श्रीमाया थकाली, दुर्गा परियार र कौशल शाह, महासचिवमा तुलसा राना र सचिवमा पार्वतीकुमारी विशुंके चयन भएका छन् । मञ्चको सदस्यहरूमा मिलन राजवंशी, उमा गोठे, आशा विक, निरा जैरु, राज्यलक्ष्मी श्रेष्ठ, बबिना मोक्तान, नमिता चौधरी र मणि खम्बु किराती रहेका छन् ।त्यस्तै, भेलाले ओनसरी घर्ती, अष्टलक्ष्मी शाक्य, जयपुरी घर्ती, सीता गुरुङ, जयन्ती राई, टेकु नेपाली र मीना पुनलाई मञ्चको सल्लाहकारकोरुपमा चयन गरेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती राईले सत्ता गठबन्धनले अगाडि बढारहेकोमा संविधान संशोधनको मुद्दामा सीमान्तकृत समुदाय सजग र सतर्क हुनुपर्ने बताइन् । उनले संविधानले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसबाट भइरहेको व्यवहारिक अभ्यास भने चित्तबुझ्दो नरहेको बताइन् ।

मञ्चकी अध्यक्ष विश्वकर्माले संविधान कार्यान्वयनका क्रममा समग्र महिलाको प्रतिनिधित्व वृद्धि भएपनि सीमान्तकृत महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । 'नेपाली महिलाहरुको समग्र विकासको लागि सामाजिक, सास्कृतिक, राजनीतिक र आर्थिक सवलीकरणमा सबै पक्षबाट ध्यान दिनुपर्ने स्थिति छ । महिलाहरू भित्रपनि आदिवासी जनजाति, दलित, थारु, मुस्लिमलगायतका महिलाको अवस्था झन् कमजोर छ । तर सरकारले यसको अनुभूति गरेको देखिदैन,' उनले भनिन् ।

मञ्चकी सचिव विशुंकेले महिलामध्ये पनि दलित महिलाको अवस्था सबैभन्दा कमजोर रहेको बताइन् । 'संविधानले अधिकार दिएपनि सीमान्तकृत महिलाहरूले त्यसको अनुभूत गर्न सकिरहेका छैनन् । त्यसमा पनि दलित, मुस्लिम र मधेशी महिलाहरूको अवस्था नाजुक छ, आदिवासी जनजाति महिलाको अवस्था पनि उही छ,' उनले भनिन् ।
उनका अनुसार लैङ्गिक सशक्तिकरण, न्यायमा पहुँच, सबै प्रकारका विभेद र हिंसाको अन्त्य गर्दै सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारीको अभिवृद्धि सहित शान्ति र समृद्धिका लागि आवश्यक पहल गर्ने उद्देश्यले आफूहरूमा सीमान्तकृत महिला सांसद मञ्चमा संगठित भएको बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement