Advertisement
Advertisement
Advertisement
Advertisement

सिरहामा पूर्वमन्त्री चित्रलेखा र राजकिशोरबीच प्रतिस्पर्धा

  |      18:23:00   |  
सिरहामा पूर्वमन्त्री चित्रलेखा र राजकिशोरबीच प्रतिस्पर्धा

कात्तिक २१, काठमाडौं।  निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

पूर्वमन्त्रीबीचको प्रतिस्पर्धाले पनि यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । दुवै जनालाई जनमत पार्टीका विनोदकुमार यादव र पूर्वसञ्चारकर्मीद्वय रामरिझन यादव, देवकुमार यादवलगायत स्वतन्त्र उम्मेदवारको चुनौती छ । चित्रलेखा २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । २०७० र २०७४ मा दुई पटक समानुपातिक सांसद भइसकेकी उनी २०५६ मा उपसभामुख, २०७० मा शिक्षामन्त्री र कांग्रेसको प्रमुख सचेतक बनिसकेकी छन् । २०५१ र २०६४ को संसदीय निर्वाचनमा भने उनी पराजित भइन् ।

पूर्वमन्त्रीबीचको प्रतिस्पर्धाले पनि यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । दुवै जनालाई जनमत पार्टीका विनोदकुमार यादव र पूर्वसञ्चारकर्मीद्वय रामरिझन यादव, देवकुमार यादवलगायत स्वतन्त्र उम्मेदवारको चुनौती छ । चित्रलेखा २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । २०७० र २०७४ मा दुई पटक समानुपातिक सांसद भइसकेकी उनी २०५६ मा उपसभामुख, २०७० मा शिक्षामन्त्री र कांग्रेसको प्रमुख सचेतक बनिसकेकी छन् । २०५१ र २०६४ को संसदीय निर्वाचनमा भने उनी पराजित भइन् ।

मधेस आन्दोलनपछि राजनीतिमा उदाएका पूर्वसञ्चारमन्त्री राजकिशोर २०६४ को संविधानसभामा सिरहा–६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका उनी अहिले क्षेत्र परिवर्तन गरी एमाले–जसपा गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । फोरमबाट अलग्गिएर फोरम गणतान्त्रिकबाट २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–६ बाटै उम्मेदवारी दिए पनि उनले हार व्यहोर्नुपर्‍यो ।

गठबन्धन दलका उम्मेदवारहरूले ‘शिक्षा, स्वास्थ्य, रोजगार, समृद्धिको प्रमुख आधार’ भन्दै पुरानै एजेन्डा मतदातासमक्ष राखेका छन् । दुवै उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार पुलपुलेसा, सडक मुख्य एजेन्डा भएको र आआफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । पछिल्लो समय जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरूले गठबन्धन दलका उम्मेदवारका एजेन्डामाथि धाबा बोल्दै भ्रष्टाचारको विरोधलाई नै चुनावी मुद्दा बनाएका छन् । स्वतन्त्र उम्मेदवार पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार दलहरू भ्रष्टाचारमा लिप्त भएकाले ‘भ्रष्टाचारको विरोध अभियान’ मतदातामाझ पुर्‍याउन सफल भएकाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement