भाद्र ८, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।
सामाजिक सञ्जालमा ह्यासट्याग ‘जस्टिस फर निर्मला’ को प्रयोग गरेर फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले सरकारलाई बिहिबार देखि दवाब दिदैं आएका छन् ।उनीहरुले शनिबार दिउँसो १२ बजे माइतीघर मण्डलामा बलात्कारको विरुद्ध आवाज उठाउन सर्बसाधारणलार्इ अपिलसमेत गरेका छन् ।
साथै बलात्कार र निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शिल्पी थियटरका कलाकारहरुले नाट्य कला प्रस्तुत गर्ने कार्यक्रम रहेको कलाकार घिमिरे युवराजले जानकारी दिएका छन् ।