माघ ४, काठमाडौं। सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान रहेका छन् ।
प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत युवतीको फोटोमा नग्न तस्वीर जोडेर चरित्रहत्या गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) ले जनाएको छ ।