Advertisement
Advertisement
Advertisement
Advertisement

सात दिन बितिसक्दा पनि प्रहरीले भेटेन घरभित्रै राधाको हत्या घटनाको क्लू

  |      14:59:00   |  
सात दिन बितिसक्दा पनि प्रहरीले भेटेन घरभित्रै राधाको हत्या घटनाको क्लू

फागुन ११, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-१ की ५१ वर्षीया राधा बोहराको हत्या भएको एक हप्ता बितिसक्दा पनि आरोपी पक्राउ पर्न सकेका छैनन्।

उनी गत आइतबार घर भित्र मृत फेला परेकी थिइन्। प्रहरीको अनुसन्धानबाट उनको  घाँटी कसेर हत्या भएको खुलेको थियो। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार राधाको हत्यापछि हत्यारा बाहिरबाट ताल्चा लगाएर फरार भएका थिए। 

‘राधाको हत्या पछि कोठा भित्रै खामोमा बाँधेर राखेको अवस्थामा थियो। कोठा बाहिरबाट ताल्चा लगाएर आरोपी फरार भएका छन्,’ एसपी खनालले भने। 

राधाको शव गत आइतबार फेला परेको भएपनि हत्या त्यो भन्दा अगावै भएको हुनसक्ने प्रहरीको विश्लेषण छ। राधालाई नदेखेपछि छिमेकी उनको घरमा पुगेका थिए। राधालाई त्यस बिहान स्थानीयले बोलाए, तर जवाफ फर्काएनन्।

घर भित्र झ्यालबाट चिहाएर हेर्दा धुरीखाँबोमा बाँधिकएको अवस्थामा उनको शव देखिएपछि तत्काल प्रहरीलाई खबर भएको थियो। त्यसपछि  अनुसन्धानको टोली चिकित्सकसहित पुगेको थियो।
घटनास्थलमा पुगेका चिकित्सकले पनि राधाको हत्या घाँटी कसेर भएको बताएका थिए। पोष्टमर्टम रिपोर्टले त्यसलाई पुष्टि गरेको एसपी खनालले बताए।

घटनास्थलमा खटिएका चिकित्सकले हत्या झन्डै ५० घण्टा पहिल्यै भएको हुनसक्ने पनि बताएका थिए। तर यसबारे यकिन भइसकेको छैन।
प्रहरीले तालिमप्राप्‍त कुकुर पनि झिकाएर अनुसन्धान गरेको थियो। तर परिणामा निस्केन। प्रहरीले हप्तादिन बित्दा पनि कुनै क्लू भने फेला परेको छैन।

‘पछिल्लो समय हामीले प्राविधिक रूपमा पनि विश्लेषण गरेका छौं। नजिकैका आफन्तहरूसँग पनि सोधपुछ गरेर अनुसन्धान गरिरहेका छौं,’ एसपी खनालले भने, ‘स्पष्ट क्लू फेला नपरेको भए पनि हामी अब छिट्टै हत्यारा नजिक पुग्ने छौं।’

राधा एउटा कटेरो भाडामा लिएर एक्लै बस्थिन्। त्यहाँ रक्सी बनाउने र बेच्ने काम गर्दै आएकी थिइन्। 

त्यस कटेरो नजिकै उनकी दिदी र भिनाजु पनि बस्दै आएका छन्।

राधाको हत्या कसले र के कारणले गरेको हुनसक्छ भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

सम्पत्ति प्राप्तिका लागि हत्या भएको हो कि भनेर पनि प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलबाट एउटा सानो सुनको मुन्द्री फेला पारेको छ। उनका आफन्तले राधाले अरू पनि गरगहना लगाउने गरेको प्रहरीलाई बताएका छन्। 

‘राधाले लगाउँदै आएको भनिएका कानका अन्य गरगहनाहरू फेला परेका छैनन्,’ एसपी खनालले भने, ‘तर गहना लैजान कान लुछेको वा जोर जबरजस्ती थुतेर लगेको त्यस्तो घाउ खत वा संकेत थिएनन्।ती गरगहनाका साथै राधाको आफ्नै नाममा केही जग्गा पनि रहेको खुलेको छ। एक्ली छोरी अमेरिकामा रहेको हुँदा पनि सम्पत्तिका लागि भएको हुनसक्ने हाम्रो अनुमान छ।’

जीविकोपार्जनका लागि गाउँमा रक्सी उत्पादन गरी बिक्री गर्दै आएकी राधाको हत्याको कारणसहित आरोपी छिट्टै सार्वजनिक गर्ने उनले बताए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement