Advertisement
Advertisement
Advertisement
Advertisement

सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

  |      15:18:00   |  
सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

फागुन २८, काठमाडौं । सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन् ।
मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो ।
एक हजार दरको नोटको ८८ बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्डलमा तलमाथि एकरएक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो ।

पाँचै जनाविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement