मंसिर ४, काठमाडौं। माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । कञ्चनपुर-१ काट सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् ।
आफूले मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ-आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन अनुरोध पनि गरेकी छन् । कञ्चनपुर-१ मा उनीसँग एमालेका तारा लामा लगायत चुनावी मैदानमा छन् ।