Advertisement
Advertisement
Advertisement
Advertisement

मनीषा कोइराला भन्छिन्,सफलतापछि म थोरै घमण्डी भएँ

  |      14:23:00   |  
मनीषा कोइराला भन्छिन्,सफलतापछि म थोरै घमण्डी भएँ

पुस २८, काठमाडौं। चरित्रमा प्राण भर्ने खालको अभिनयबाट मनीषा कोइराला दर्शकमाझ परिचित छिन् । ‘१९४२ स् अ लभ स्टोरी’बाट बलिउडमा चम्किएकी उनले पिंकभिल्लासँगको अन्तवार्तामा स्टारडमले आफूलाई केही घमण्डी बनाएको र केही गल्ती गर्दा पछुताउने गरेको बताएकी छन् ।

मनीषालाई करियरको ठूलो सङ्क्रमणकालमा उनको व्यक्तित्वको विकास कसरी भयो र त्यसबेला आफूलाई अर्कै व्यक्ति जस्तो महसुस भयो कि भनेर सोधिएको थियो । 

जवाफमा उनले भनेकी छन्, ‘हो, म परिवर्तन भएँ की जस्तो लाग्छ । म अलि अहंकारी भएजस्तो लाग्यो । धेरै मेहनत नगरी, जब सफलता छिट्टै आउँछ, त्यसपछि परिवर्तन अपरिहार्य हुन्छ । जब तिमी अपरिपक्व र जवान छौ, त्यतिबेला तिमीले धेरै बुझ्दैनौ न त आफ्नो बारेमा, न त विश्वको बारेमा ।’

 पुस २८, काठमाडौं।  उनले भनिन्, ‘त्यसो भए, संसारको केन्द्र म आफै हुँ भन्ने कुराले तपाईलाई थोरै घमण्डी बनाउँछ । त्यतिबेला मलाई पनि ‘ब्रम्हाण्डको केन्द्र’ हुँ जस्तो लाग्यो ।’
‘दिल से’ अभिनेत्रीले थपिन्, ‘मैले केही गल्तीहरू गरेँ जसलाई लिएर आज पनि मलाई पछुतो छ । तर मलाई लाग्दैन कि मैले कुनै ठूलो गल्ती गरें । मेरो मतलब, यदि मैले जीवनमा कुनै गल्ती गरें भने, मैले ती आफ्नै लागि गरेँ । मैले अरू कसैलाई चोट पुर्‍याएकी पनि हुनसक्छु, हो ।’

उनले अघि भनिन्, ‘किनकि म एक संवेदनशील व्यक्ति हुँ । साथै, मेरो जीवनको ठूलो कारक मेरो आमा र बुबा हुनुहुन्छ जसले म जतिसुकै माथि चढेपनि, मलाई धर्तीमा ल्याउँदै भन्नुहुन्छ( जमिनमा बस ।’

मनिषाले सन् १९९१ मा सुभाष घईको फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पछिल्लो कामको रुपमा संजयलीला भन्साली निर्देशित नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी स् द डायमण्ड बजार’ थियो । यो सिरिजको पनि दोस्रो श्रृंखला निर्माणको तयारी भैरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement