Advertisement
Advertisement
Advertisement
Advertisement

सन्तोषी इन्स्पेक्टर बनेपछि घरमा खुसीयाली थियो, उनी तनावमा रहिछन्’

  |      14:19:00   |  
सन्तोषी इन्स्पेक्टर बनेपछि घरमा खुसीयाली थियो, उनी तनावमा रहिछन्’

फागुन १४, काठमाडौं । सन्तान सुख र भविष्यको चिन्तासमेत हटेपछि ढुक्क भएर सन्धुपाल्चोकका रोविन्द्रबहादुर र कमला महत एक महिनाअघि अस्ट्रेलिया उडेका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे महत दम्पती त्यहाँ ठूली छोरीज्वाइँसँग गएका थिए ।

तर, खुसीखुसी अस्ट्रेलिया गएका महत दम्पती एक महिना पनि पूरा नहुँदै भक्कानिँदै नेपाल फर्किनुपर्‍यो । सरकारी सुरक्षा सेवामा रहेकी छोरी सन्तोषीको विवाहमा रमाउने सल्लाह गरेर अस्ट्रेलिया उडेका दम्पतीले तिनै छोरीको चिता जलाउनुपर्‍यो ।
भर्खरै इन्स्पेक्टरमा नाम निकालेर तालिमसमेत उत्कृष्ट भइरहेको बताएकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएको खबरले एकाएक उनीहरुको खुसीलाई धुमिल बनाइदियो ।

छोरीको इच्छाअनुसार छिट्टै विवाह गरेर खुसी साट्ने कल्पनामा अस्ट्रेलिया उडेका रोविन्द्र दम्पतीलाई परिस्थितिले आफैं बिहीबारदेखि किरिया बस्ने गरी नेपाल फर्काइदिएको छ ।
फागुन १० गते ब्यारेकमै झुन्डिएको अवस्थामा सन्तोषी भेटिएपछि उनीहरु रन्थनिएका छन् – आखिर के चाहिँ त्यस्तो परिस्थिति आइलाग्यो र उनले यस्तो अप्रिय निर्णय लिइन् १

‘दिदीको संघर्ष लेभलाग्दो थियो । सिपाहीबाट इन्स्पेक्टरसम्म पुग्दा परिवारमा खुसीयाली थियो । प्रमोसन र तालिम पनि उत्कृष्ट भइरहेको थियो,’ भाइ विनोदले अनलाइनखबरसँग भने, ‘तर, दिदीको मृत्युको घटनाले परिवारमा वज्रपात परेको छ ।’

पोखरामा पोस्टमार्टम गरेर छोरीको शव लिएर काठमाडौं पुगेका सन्तोषीका परिवारले बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर गाउँ फर्किएका छन् । बिहीबारदेखि नै सन्तोषीका बाबु रोविन्द्र किरिया बस्न थालेका छन् ।

एउटी छोरी सन्तोषी महत सशस्त्र प्रहरीमा इन्स्पेक्टर, छोरा विनोद नेपाली प्रहरीको असई । ठूली छोरी र ज्वाइँ अस्ट्रेलियामा र कान्छी छोरी काठमाडौंमा अध्ययनरत थिइन् । २०७२ सालमा सन्तोषीले सशत्र प्रहरीको सिपाहीमा भर्ती भएर २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।

यही साल इन्स्पेक्टरमा नाम निकालेर सन्तोषीले पोखरामा तालिम गरिरहेकी थिइन् । त्यही क्रममा उनी मृत फेला परेकी हुन् । परिवारले ११ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।
परिवारको किटानी जाहेरीका आधारमा कास्की प्रहरीले सशस्त्र प्रहरीको २३ नम्बर गण तनहुँमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई ११ गते नै पक्राउ गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले इन्स्पेक्टर सन्तोषी र विवेकको मोबाइल लिएर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

ब्यारेकभित्रै सन्तोषी मृत फेला परेको घटनाले परिवारलाईमात्रै होइन, सिंगो संगठनभित्र पनि तरंग सिर्जना गरेको सुरक्षा अधिकृतहरुले बताइरहेका छन् । परिवारका अनुसार इन्स्पेक्टर जोशी र सन्तोषीबीच प्रेम सम्बन्ध थियो । यो कुरा उनीसँगै सहकर्मी र सन्तोषीका परिवारलाईसमेत धेरथोर जानकारी थियो ।

भाइका अनुसार भविष्यमा राम्रो केटा हेरेर विवाह गर्ने परिवारका बीच छलफल चलेको थियो । ‘दिदी इन्स्पेक्टर भएर तालिम पनि उत्कृष्ट गरेकाले घरमा सबैबीच खुसीयाली थियो तर उसलाई अर्कै तनाव रहेछ,’ अहिले नेपाल प्रहरीको असई पदमा दोलखामा कार्यरत विनोदले भने, ‘घटनाको यथार्थ त प्रहरी अनुसन्धानले देखाउला तर यो मृत्यु शंकास्पद छ ।’

सन्तोषीले भनेकै, रोजेकै केटा राम्रो रहेछ र भविष्य पनि बन्छ भने उसैसँग तत्काल नभएपनि केही पछि विवाह गर्ने विषयमासमेत छलफल भएको विनोदले बताए ।

‘तालिम उत्कृष्ट भन्दै दिदीले सुनाएकी थिइन् । घरमा उनलाई कुनै किसिमको तनाव थिएन र उनले कहिल्यै तनावबारे बताएकी पनि थिइनन् । परिवारले अनुमानसमेत गरेको थिएन,’ भाइ विनोदले भने, ‘एक्कासी आएको मृत्युको खबरले धेरै प्रश्न र आशंका त उब्जाएका छन् तर यसै हो भन्न सकिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि केही अनुमान गर्न सकिएला ।’ सन्तोषीले आफ्नो प्रेमबारे दिदी–बहिनीसँग बताएको परिवारले जनाएको छ ।

महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी सन्तोषीको मुखबाट रगतसमेत बगेको देखिँदा परिवारमा शंका उब्जिएको सशस्त्र प्रहरीमै कार्यरत काका भीमसेनले बताए ।

थाङ्पाल–८ का वडाध्यक्ष ओम खड्काले काठमाडौंको पशुपति आर्यघाटमा सन्तोषीको अन्तिम संस्कार गरेर फर्किएको र यो घटनाले परिवारमा मात्र नभइ आफन्त तथा गाउँमै शोक परेको बताए ।

‘सिपाहीमा भर्ती भएर इन्स्पेक्टर भइसकेपछि उनी अझै ठूलो पदमा पुग्छिन् भन्ने थियो । ठूलो छोरीज्वाइँ अस्ट्रेलिया, कान्छी अध्ययनरत र छोरा नेपाल प्रहरीमा भएपछि बाउआमा खुसी थिए,’ आफन्तसमेत रहेका वडाध्यक्ष खड्काले भने, ‘तर सन्तोषीले नसोचेको निर्णय लिएको खबर आयो र त्यो निर्यण गर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कुराले सबैलाई रन्थनाएको छ ।’

प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा इन्स्पेक्टर जोशीमाथि अनुसन्धान गरिरहेको छ भने घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement