web image
भदौ १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङले कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले तत्काल पहल नगरे संसदमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी छन्।
सन्तोष राईको शव स्वदेश ल्याउन सरकारसँग पहलका लागि आग्रह गरेको ३७ दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांसद तामाङले संसदमा सरकारप्रति असन्तुष्टि जनाएकी हुन्।
उनले विदेशमा ज्यान गुमाएका नेपाली नागरिकको शवसमेत नेपाल ल्याउन नसक्ने अवस्था भए राज्यले उनीहरूलाई नेपाली नागरिक नै नभएको घोषणा गर्नुपर्ने भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइन्।
तामाङले नागरिकको मृत्यु भएपछि पनि राज्यको दायित्व समाप्त नहुने बताउँदै विदेशमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्नेमा जोड दिइन्।
उनले सरकारलाई तत्काल कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएर सन्तोष राईको शव नेपाल ल्याउने व्यवस्था गर्न आग्रह गरेकी छन्।
Share this with your friends: