असोज ३०, काठमाडौं। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।
आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सवैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छन् । राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’
शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७स्०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।