Advertisement
Advertisement
Advertisement
Advertisement

सञ्चार तथा प्रविधिमा सहज पहुँच पुर्‍याउने सञ्चारमन्त्री रेखा शर्माको प्रतिबद्धता

  |      18:38:00   |  
web image
web image

माघ ३, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।

मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ आफूले ध्यान दिने मन्त्री शर्माले बताएकी थिइन् । ‘मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पुर्‍याउने कुरा । अर्को कुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ,’ मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिएकी थिइन् । उनले भनिन्, ‘समस्यालाई समाधान गर्ने गरी गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।’

उनले सार्वजनिक संस्थाहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो । ‘संसार ग्लोवललाइजेसनमा गइसक्यो । हाम्रो त्यो ढंगले विकास हुन सकिराखेको छैन । सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दा हामी केही समस्यामा पक्कै छौं । त्यसलाई कसरी सहज, सुलभ बनाउन सकिन्छ, यसलाई उत्पादनसँग कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना, प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतीको विषय हो,' उनले भनेकी छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement