असोज ६, धनगढी। भारतबाट आएकै दिन धनगढीमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका -५ क ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए छन्।
हत्या गरिएकी ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छिन् । बाबुले छोरीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी छारीको सेती प्रादेशिक अस्पतालमा हाल उपचार भइरहेको छ ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।
शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।