Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

  |      16:45:00   |  
श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

कात्तिक १५, काठमाडौं। ललितपुरमा एक महिलाको हत्या गरी आत्महत्या गरेको भन्ने श्रीमान पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले एक जना पुरूषलाई हत्या आरोपमा पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधिरराज शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-२५ नख्खुडोलमा डेरा गरी बस्ने २९ वर्षीय राम कुमाल छन्। 

गत शनिबार साँझ साढे ५ बजे डेरामा उनकी २८ वर्षीया श्रीमती जमुना भन्ने बसन्ती कुमाल डेरामा मृत फेला परेकी थिइन्।

उनी मृत फेला परेको भन्दै रामका साथीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुग्दा रामले आफ्नी श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भनेका थिए। तर प्रहरीलाई उक्त घटना शंकास्पद लागेर अनुसन्‍धान अघि बढाएको थियो।


‘घटनास्थलमा फरेन्सिक डाक्टरलाई पनि लगेका थियौं। डाक्टरले पनि झुन्डिएर मृत्यु नभएको बताएपछि हामीलाई थप शंका लाग्यो,’ एसपी शाहीले भने।

उनका अनुसार प्रहरी घटनास्थलमा पुग्नुअघि रामले टहरामाथि सल बाँधिसकेका थिए। तर रामकै साथीले सललाई भुँइमै देखिसकेकाले पनि उनले हत्या नै गरेको पुष्टि भएको एसपी शाहीले बताए।

मृतक जमुना भने भुँइमा फेला परेकी थिइन्।

‘घटना लुकाउन उनले त्यसरी राखेको देखियो। घटनास्थलमा दुई जनाबीच संघर्ष पनि भएको देखिन्छ,’ उनले भने।

रामले त्यस दिन मादक पदार्थ सेवन गरेका थिए। जमुनाले मासु किन्न रामलाई पैसा दिएर पठाएका थिए। तर रामले मापसे गरी घर फर्किए।

त्यही विषयमा उनीहरूबीच झगडा भएको थियो। झगडा हुँदा रामले ताल्चाको प्रयोग गरी जमुनाको टाउकोमा हिर्काएर हत्या गरेको एसपी शाहीले बताए।

झुन्डिएर आत्महत्या गरेको नभई श्रीमानले नै हत्या गरेको देखिएपछि प्रहरीले कुमाललाई पक्राउ गरेको हो।

उनीमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement