माघ ३, काठमाडौं। काठमाडौं महानगरपालिकाले आज (बिहीबार )देखि शिक्षकहरूका लागि तालिम सुरू गरेको छ। महानगरपालिकाले शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गरेको हो।
उक्त तालिम आजदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। तालिमको लागि विषयगत रूपमा समय र स्थान तोकिएको छ। महानगरपालिकाका अनुसार विषयगत शिक्षकहरूको तालिम ९कक्षा(१०० का शिक्षकहरूको गणित, विज्ञान, सामाजिक, नेपाली र अंग्रेजी० को भानु मावि रानीपोखरीमा आज र भोलि सञ्चालन हुनेछ।
एकीकृत पाठ्यक्रम तथा निर्माणत्मक मूल्यांकनसम्बन्धी कक्षा९१–३० का शिक्षकहरूको लागि पद्मोदय मावि प्रदर्शनी मार्गमा आजदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ। प्रारम्भिक बालविकास शिक्षाका सहजकर्ताहरूको तालिम पद्मकन्या मावि डिल्लीबजारमा आजदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ।
उक्त तालिममा ४ सय ६ जना शिक्षकहरू सहभागी भएको महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञावालीले जानकारी दिए। ‘यी सहभागी भएका शिक्षकहरू काठमाडौं महानगरभित्रका मात्रै हुन्, उहाँहरूलाई माघ ८ गतेसम्म तालिम प्रदान गर्ने छौँ,’उनले भने।
के–के सिकाइन्छ तालिममारु
महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सीपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गरिएको जनाएको छ।
महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत ज्ञावालीका अनुसार शिक्षकहरूलाई वृत्ति विकास,शिक्षण विधि,नतिजा सुधार लगायत आवश्यक विषयका तालिम दिइनेछ।
‘विद्यालयमा कार्यरत शिक्षकहरूको विषगत रूपमा शिक्षणरसहजीकरण क्षमता विकास गरी एसइईको नतिजा सुधार गर्न, कक्षा १–३ को एकिकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न तथा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको क्षमता अभिवृद्धि गरी तोकिएको मापदण्ड अनुरूप प्रारम्भिक बालविकास केन्द्रको संचालन तथा व्यवस्थापन गर्न यो तालिम सञ्चालन गरेका हौँ,’उनले भने।
यस वर्ष ९शैक्षिक सत्र २०८१० को माध्यमिक शिक्षा परीक्षा९एसइई० परीक्षा पनि नजिकिदै छ। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ।
उक्त हिसाबले अब एसइई परीक्षा आउन करिब दुई महिना छ। यही परीक्षाको नतिजामा सुधार गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको पनि महानगरले जनाएको छ। महानगरपालिकाका अनुसार उक्त तालिममा सामुदायिक विद्यालयका शिक्षकलाई छनोटमा पहिलो प्राथमिकतामा राखिएको छ।
काठमाडौं महानगरभित्र स्थायी बसोवास भएका र महानगरभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिएको छ। स्थायी बसोवास जहाँको भए पनि काठमाडौं महानगरभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ।
विरोध जनाए पनि शिक्षक सहभागी भए
काठमाडौं महानगरपालिका शिक्षा विभागले जाडो बिदामा शिक्षकहरूलाई तालिम र विद्यार्थीलाई थप सिकाइ दिने भन्दै गत पुस १६ गते उक्त तालिमको लागि सूचना जारी गरेको थियो।
आब २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम यो तालिम सञ्चालन गरिएको हो। तर,महानगरपालिकाले अनुपयुक्त समयमा शिक्षकहरूलाई तालिम राखेको भन्दै नेपाल शिक्षक महासंघ र काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयले विरोध जनाएका थिए।
यस्तो तालिम एसइई परीक्षा सकिएपछि खाली समयमा राख्नुपर्ने महासंघको माग थियो। तर,महानगरपालिका पछि हटेन। यसअघि शिक्षकहरूले विरोध जनाए पनि महानगरपालिकाले तालिम सञ्चालन गरेपछि भने सहभागी भएका छन्।