Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगारीमा जाने पुरूष भन्दा महिला धेरै

  |      10:46:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १०, काठमाडौं । विगत केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा तीव्र रूपमा कमी आए पनि महिलाको संख्यामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ।

आर्थिक वर्ष २०७२/७३ को तुलनामा ०७३/७४ मा महिला कामदारको देशबाट बाहिरिने क्रम झण्डै ९ प्रतिशतले वृद्धि भएको विभिन्न अन्तर्राष्ट्रिय निकाय र श्रम मन्त्रालयले संयुक्त रूपमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विदेशिनेमा पुरूषको संख्या ठूलो रहेकाले उनीहरू जाने क्रममा कमी आउँदा विदेश जाने कुल कामदारको संख्या घटेको देखिन्छ। पछिल्ला ९ वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये सरदर ९६ प्रतिशत पुरूष र ४ प्रतिशत महिला छन्।

आत्मनिर्भर
२०७२/७३ को तुलनामा ०७३/७४ मा महिला कामदारको बाहिरिने क्रम झण्डै ९ प्रतिशतले वृद्धि भएको छ।
 त्यस्तो वृद्धिको कारणबारे श्रम मन्त्रालयकी उपसचिव रमा भट्टराईले भनिन्, एउटा कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेकोले पनि हुन सक्छ। अर्को सरकारले विदेशमा घरेलु महिला कामदार संस्थागत रूपमा पठाउने भनेपछि गैरकानूनी रूपमा जाने महिला कामदारको संख्या घटेर संस्थागत रूपमा जान थालेकोले वृद्धि भएको हुन सक्छ।

पुरूषको तुलनामा महिलाले धेरै समय काम गर्नुपर्ने, उनीहरू शारिरिक तथा आर्थिक शोषणमा पर्ने गरेको लगायतका कारण देखाउँदै सरकारले आर्थिक वर्ष ०७१/०७२ मा महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउन कडाइ गरेको थियो। तर कामदार जाने गन्तव्य मुलुक लगायतका पक्षमा पछि केही खुकुलो पारिएको बताइन्छ।

खुकुलो
श्रमसम्बन्धी एकजना जानकार गणेश गुरूङका अनुसार खाडी मुलुकमा महिला घरेलु कामदारको अत्यधिक माग भएकाले विदेशिने नेपाली महिला कामदारको संख्या बढेको बताउँछन्।उनले भने, गन्तव्य देशहरूमा बूढाबूढी र बालबालिका हेर्ने मानिसको कमी छ। त्यसमा महिला कामदारको निकै माग छ। जति कडाइ भयो महिलाको जाने क्रम त्यति नै घट्छ र जति खुकुलो हुन्छ त्यति नै संख्या बढ्दै जान्छ।

नेपाली महिला कामदारहरूको मुख्य गन्तव्य संयुक्त अरब एमिरेट्स, कुवेत र मलेसिया रहेको छ। पहाडी भेगका महिलाहरू बढी विदेशिने गरेको पछिल्लो अध्ययनमा जनाइएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement