Advertisement
Advertisement
Advertisement
Advertisement

वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृले खोले नयाँ राजनीतिक महिला सङ्गठन

  |      17:37:00   |  
 वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृले खोले नयाँ राजनीतिक महिला सङ्गठन

माघ १, काठमाडौं । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्। विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल९बाटो’ पक्षका नेतृहरुले वैकल्पिक महिला सङ्गठन नामको नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।

सो महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छन् । काठमाण्डौँको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत सङ्घर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा पनि सक्रिय छिन्।  श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसकेकी छिन्।  

समावेशीतालाई महत्वका साथ अङ्गीकार गरिएको केन्द्रीय समितिको २५ सदस्यीय रहने छ। पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ।  पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ। अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल,  प्रेक्षा पण्डित, आशा ठाकुर, समासिं महर्जन, आरती कुसवा,  निर्जला तामाङ, रबिना थापा, प्रियंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनिता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुने रातोपाटीमा प्रकाशित खबरमा उल्लेख छ।  

महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुने जनाइएको छ। राजनीतिक दलहरूको मूल पदाधिकारी तथा राज्यका अन्य निकायहरुमा कम्तिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन, संवैधानिक रुपमै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन गराउन, लैंगिकताका आधारमा हुने घरेलु, कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने हिंसा र विभेदविरुद्ध सशक्त रुपमा उभिएर महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्ने संगठनको उद्देश्य रहने जनाइएको छ। 

विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी र गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठको भनाई छ।

नवगठित संठनकी केन्द्रीय सदस्य सोनिका लामाले हालको वैकल्पिक राजनीतिको बहसले महिलाका सपनाहरू सम्बोधन गर्न नसकेकाले त्यसको परिणाम स्वरूप महिलाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेको बताइन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement