Advertisement
Advertisement
Advertisement
Advertisement

विद्रोही स्वभावदेखि संसद्सम्म: सीता थपलियाको राजनीतिक यात्रा

  |      10:41:00   |  
web image
web image

भदौ ३ , काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी प्रतिनिधिसभा सदस्य सीता थपलियाले आफ्नो राजनीतिक यात्राको सुरुआत कक्षा ६ मै गरेकी थिइन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको एउटा भेटले उनको जीवनको दिशा परिवर्तन गरिदिएको उनी बताउँछिन्।
धादिङमा आयोजित एक कार्यक्रममा कोइरालासँग भेट भएपछि उनले नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रियता बढाएकी थिइन्। त्यसपछि जिल्ला सचिव, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष र महामन्त्री हुँदै उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा महासमिति सदस्य बन्न सफल भइन्।
थपलियाका अनुसार आफूले कहिल्यै सांसद बन्ने कल्पना गरेकी थिइनन्। तर समाजमा हुने अन्यायविरुद्ध आवाज उठाउने स्वभावले राजनीतितर्फ आकर्षित गरेको उनको भनाइ छ।
उनी हाल प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा कार्यरत छिन्। शिक्षा, स्वास्थ्य र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर संसद्मा आवाज उठाइरहेको उनले बताइन्।
उनले अस्थायी कर्मचारीहरूको समस्या समाधानमा सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएकी छन्। ६३ हजारभन्दा बढी अस्थायी कर्मचारी अन्योलमा रहेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको बताइन्।
संसद्मा उठाइएका विषय कार्यान्वयनमा नआउँदा निराशा बढेको उनको अनुभव छ। सांसदहरूले गम्भीर विषय उठाए पनि सरकारले त्यसलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ।
संसद्मा बोल्नुअघि गम्भीर तयारी आवश्यक पर्ने उनले बताइन्। सीमित समयमा प्रभावकारी रूपमा आफ्नो धारणा प्रस्तुत गर्न शब्द चयनदेखि विषयवस्तुसम्म गहिरो अध्ययन गर्नुपर्ने अनुभव उनले सुनाइन्।
थपलियाले हाल विभिन्न विधेयकको अध्ययनलाई प्राथमिकतामा राखेकी छन्। विशेष गरी विधि विज्ञानसम्बन्धी विधेयकको दफावार छलफलमा आफू सक्रिय रूपमा सहभागी भइरहेको उनले जानकारी दिइन्।
धादिङ राजधानीसँग नजिक भएकाले उनी नियमित रूपमा आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने गरेकी छन्। जनतासँगको प्रत्यक्ष सम्पर्कलाई निरन्तरता दिनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ।
उनले देशमा सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जालको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले यी सेवाहरूलाई सर्वसुलभ बनाउनुपर्छ। विद्यालयमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिसमेत प्रभावकारी रूपमा वितरण हुन नसकेको भन्दै उनले नीतिगत सुधारको आवश्यकता औँल्याइन्।
जनताको विश्वासलाई सबैभन्दा ठूलो जिम्मेवारीका रूपमा लिएको बताउँदै थपलियाले भविष्यमा पनि नागरिकका समस्या समाधानका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement