Advertisement
Advertisement
Advertisement
Advertisement

विद्युत प्राधिकणको लापरवाहीले ४० वर्षीया महिलाको ज्यान गयो

  |      15:35:00   |  
विद्युत प्राधिकणको लापरवाहीले ४० वर्षीया महिलाको ज्यान गयो

असार १२, दोलखा । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण दोलखा भीमेश्वर नगरपालिका वडा ५ अम्बोटेकी दुर्गा बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।

विजुलीको तारको लागि खेतमा गाडिएको काठको पोललाई सहारा दिन तानिएको तारमा करेन्ट प्रवाह हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवाकी अन्दाजी ४० वर्षीया दुर्गा बुढाथोकीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।

विद्युत प्राधिकरणले पोल गाड्दा लापरवाही गरेर नाङ्गो तारमा छुने गरी सर्पोट दिने तार तानेर खेतको आलीमा ढुङ्गाले अड्काएर राखेको स्थानीयले बताएका छन् । बुधबार रोपाईको क्रममा खेतनजिक घरमा पानी लिन जाने क्रममा उक्त तारमा छुईएर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले उचित क्षतिपूर्तिसहित छोराछोरीको पठन पाठनमा सहयोग र जेठी छोरीलाई रोजगारीको व्यवस्था गरिनुपर्ने माग गरेका छन् । विद्युत प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने र जेठी छोरीलाई रोजगारी दिने बताए पनि सहमति हुन नसकेको प्रहरी निरीक्षक बोहोराले बताए ।

नेपाल विद्युत प्राधिकरणले जिल्लाको अधिकांश ग्रामीण क्षेत्रमा लापरवाही तरीकाले पोल गाड्ने र तार तान्ने काम गरिरहेको र त्यसबारे गुनासो गर्दा सुनवाई नभएको स्थानीयको आरोप छ । 
स्रोत : महिला खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement