Advertisement
Advertisement
Advertisement
Advertisement

विद्युतीय चार्जिङ स्टेसन मर्मतमा दिगो आयोजनाको चरम लापरवाही, सेवाग्राहीले पाए हैरानी

  |      13:10:00   |  
web image
web image

पुस २४ काठमाडौं । देशभर चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजनाको चरम लापरबाहीका कारण विद्युतीय सवारीचालक धनीले ठूलो सास्ती बेहोर्नु परिरहेको छ ।

जसको प्रत्यक्ष उदाहरण हो, चितवनको मुग्लिन बजारमा रहेको  ‘चार्जिङ स्टेसन’ । यो स्टेसन दुई महिनादेखि बिग्रिएर उपयोग विहिन बनेको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी  चार्जिङ स्टेसन मर्मत नहुँदा समस्या सृजना भएको सेवाग्राहीले गुनासो गरेका छन् ।विद्युतीय चार्जिङ स्टेसन मर्मतमा दिगो आयोजनाको चरम लापरवाही, सेवाग्राहीले पाए हैरानीसञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर पनि बिग्रिएका छन् ।

हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।सेवाग्राहीहरुका अनुसार एसी चार्जरबाट सवारीसाधन चार्ज गर्न धेरै समय लाग्छ ।नोजलमा समस्या देखिएता पनि कम्पनीले समयमै मर्मत गर्नेतर्फ ध्यान नदिएर लापरवाही गरेको सेवाग्राहीको गुनासो छ । 

राजमार्ग हुँदै चल्ने विद्युतीय सवारीका प्रयोकर्ताहरुले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गर्ने गरेका छन्। 

एक जना सेवाग्राहीले त सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । 

सर्बसाधारणको गुनासो बारे बिजशालाले पटक पटक सम्पर्क गर्न खोज्दा दिगोका आयोजनाका व्यवस्थापक शिव अधिकारी सम्पर्कमा आउन चाहेनन् । 

उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।  देशभर १५३ चार्जिङ स्टेसन मध्ये २० वटामा समस्या कायमै छ ।

राजमार्गजस्तो संवेदनशिल क्षेत्रमा रहेको चाजिंङ स्टेशन समयमै मर्मत सम्भार गर्न बेवास्ता गर्ने कम्पनीलाई कडा कारवाही गर्न सेवाग्राहीले माग गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement