Advertisement
Advertisement
Advertisement
Advertisement

लैङ्गिक हिंसाविरुद्धकोे अभियान शुरु

  |      11:48:00   |  
Symbolic Image
Symbolic Image

►निरा गौतम

मङ्सिर १०, रुपन्देही ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हिजोदेखि शुरु भएको छ । “समानताको पुस्ता बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारासाथ अभियान शुुुरु भएको छ ।उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना, देवदह र सिद्धार्थ नगरपालिकाले औपचारिक कार्यक्रम गरी अभियानको शुरुवात गरेका छन्। 

यहाँका अधिकांश स्थानीय तहले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धतासहित औपचारिक कार्यक्रम गरेर अभियानको शुभारम्भ गरे । अभियानका क्रममा रुपन्देहीका नगरपालिका र गाउँपालिकाले सचेतनाका कार्यक्रमलाई बढी जोड दिएका छन् । 

व्यक्तिको सोच परिवर्तन नहुँदासम्म हिंसा नियन्त्रणमा समस्या रहेकाले पहिलो प्राथमिकता सचेतनामूलक कार्यक्रमलाई दिइएको छ । ‘समानताको पुस्ताः बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकाले यस वर्षको नारा बलात्कार केन्द्रित बनाइको हो ।

बुटवल उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरेको छ । अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 

हिंसामुक्त बुटवल शहर निर्माणका लागि परिवार, विद्यालय र समुदायमा सचेतना फैलाउने काम भइरहेको भन्दै उहाँले यसका लागि सबै प्रतिबद्ध भएर सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयलाई लैङ्गिकमैत्री बनाउन बुटवल उपमहानगरपालिकाले आज विद्यालयका प्रधानाध्यापकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्यालयमा स्वतन्त्र र भयरहित वातावरण सिर्जना गरी बालबालिका तथा किशोरकिशोरीको पठनपाठनलाई प्रभावकारी बनाउन लैङ्गिकमैत्री विद्यालय आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले विद्यालयमा हुनसक्ने हिंसाका घटना रोक्न सचेतना आवश्यक रहेको बताउनुभयो । लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा प्रस्तुतीकरण गर्दै सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले परिवार, विद्यालय र समाजमा लैङ्गिकमैत्री वातावरण निर्माणका लागि सोच, प्रवृत्ति र व्यवहार सुधार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा बालबालिकाले खुलेर आफ्ना समस्या राख्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । 

यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अन्तक्र्रिया कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको अभियानको शुरुवात गरेको छ । परिवर्तनको शुरुवात आफैंबाट गरौं भन्ने मानसिकताका साथ नगरका कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाको कार्यालयबाटै कार्यक्रम गरेर अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले बताउनुभयो । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज कार्यालयमा हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित कार्यालयमा ब्यानर राखेर हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो। 

नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा मङ्गलबारदेखि १७ वटै वडामा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नगरका सबै वडामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उपप्रमुख चौधरीले बताउनुभयो । 

यस्तै १६ दिने अभियानका क्रममा सैनामैना नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि नगरवासीलाई प्रतिबद्ध बनाउन हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । कार्यक्रममा सरोकारवालाले “म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु” भन्ने प्रतिबद्धता जनाएका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा रुपन्देहीको देवदह नगरपालिकाले प्रभातफेरी निकालेको छ । प्लेकार्डसहित देवदहको खैरेनीचोकबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी शीतलनगरमा पुगेर सभामा परिणत भएको थियो । 

प्रभातफेरीमा विभिन्न सङ्घ संस्था, किशोरी समूह, आमा समूह, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनुभयो । सोह्र दिने अभियानका क्रममा देवदह नगरपालिकाले सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । अभियानका  क्रममा शङ्करपुरमा सडक नाटक प्रदर्शन, महिला सशक्तीकरण तालीम आयोजना गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

जिल्लामा अन्य नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरुवात गरिरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने कुनै योजना नै बनाएको छैन् । कर्मचारी अभावका कारण नगरपालिकाले कुनै योजना बनाउन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो । 

“सामाजिक विकास शाखामा एउटा कर्मचारी छैन, न अरु शाखामा काम गर्ने कर्मचारी छन्, कसरी कार्यक्रम गर्ने रु उहाँले भन्नुभयो, ‘‘कर्मचारी अभावले नगरका गतिविधि अगाडि बढाउन समस्या छ ।” अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको परिचयपत्र समेत वितरण गर्न नसकिएको गुनासो गर्दै उहाँले जनताको भार थेग्न नसकेका कारण कार्यालयमा ताला लगाएरै हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो गर्नुभयो । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत रुपन्देहीका गाउँपालिकाहरुले पनि चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् । सियारी गाउँपालिकाले प्रत्येक वडामा कानूनी सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको गाउँपालिकाका उपप्रमुख अमृता गुरुङले जानकारी दिनुभयो । कानूनका विषयमा स्थानीयवासीलाई बुझाउन जरुरी रहेकाले यस वर्षको अभियान कानूनी साक्षरतामा केन्द्रित गरेको उहाँले बताउनुभयो । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हिजो कार्यालयमा हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित कार्यालयमा ब्यानर राखेर हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो। 

- रासस 

Share this with your friends:

Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement