Advertisement
Advertisement
Advertisement
Advertisement

लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्त हुनुपर्छ : सहरी विकास मन्त्री रामकुमारी झाँक्री

  |      18:44:00   |  
लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्त हुनुपर्छ : सहरी विकास मन्त्री रामकुमारी झाँक्री

चैत २१, काठमाडौं ।  एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा सोमबार आयोजित ई-कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण  हुनुपर्ने बताएकी छिन् ।  मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको  बताइन् । 

समाजमा रहेको लैंगिक विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् ।  ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन् । यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ ।’ उनले भन्छिन् । 

 पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले  इ-कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् । कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए । उनले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको  बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement